चैत्र १६, २०८२ सोमबार | १८:१३:५५
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

लुम्बिनीमाथि सुदूरपश्चिमको जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनीमाथि जित हात पारेको छ ।

सोमबार विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४० दशमलब २ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि सन्तोष यादवले ८४ बलमा ७ चखैका र १ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । दर्श सुनार ४९ बलमा ३६ तथा रञ्जित खड्का ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि कप्तान शेर मल्ल र खडक बोहोराले समान ३ तथा हेमन्त धामीले २ विकेट लिए । नारायण जोशी र लोकेन्द्र चन्दको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलब ४ ओभरमा अलआउट हुदै १६८ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि दिपक बोहोराले सर्वाधिक ३० रन बनाए । हेमन्त धामी २९, किरण ठगुन्ना २०, अभिषेक पाल १७, प्रकाश पाण्डे १४ तथा नारायण जोशी ११ रनमा आउट भए ।

लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले समान रुपमा महत्वपुर्ण ४ विकेट लिए । सन्देश थापाको नाममा १ विकेट रह्यो । चौथो खेलमा तेस्रो जितका साथ सुदूरपश्चिम ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको लुम्बिनीको ३ अंक मात्र रहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो