चैत्र १८, २०८२ बुधबार | ११:५७:५५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

चीनमा तय डब्लुटिएका सबै प्रतियोगिता स्थगित

बेइजिङ । डब्लुटिएले चीनमा तय भएका सबै टेनिस प्रतियोगिता स्थगित गरेको छ ।

चिनिया टेनिस स्टार पंक स्वेयको सुरक्षाका लागि भन्दै डब्लुटिएले चीनमा तय भएको सम्पूर्ण प्रतियोगिताहरु स्थगित गरेको छ ।

पंकले गत नोभम्बरमा सामाजिक संजाल वेबोमा चीनको भाइस प्रिमियर रहेका जङ गाउलीले आफूमाथि यौनर्दुव्यहार गरेको आरोप लगाउँदै न्यायको माग गरेकी थिइन् ।

सो कुरामा चीनको राष्ट्रिय संचार माध्यमले पंकको नाममा इमेल सार्वजनिक गरेको थियो । जसमा डब्लुटिएका प्रमुख स्टिभ सिमोनले विज्ञप्ति जारी गर्दै पंकले लेखेको इमेल शंकास्पद रहेको उल्लेख गरेका थिए ।

सिमोनले घटनाको पूर्ण रुपमा अनुसन्धान गर्ने बताउँदै बुधबार जारी विज्ञप्तिमा चीनमा हुने सम्पूर्ण प्रतियोगिताहरु स्थगित हुने जानकारी दिएका थिए ।

‘नोभेम्बर दुईमा पंकले चीनका उच्च अधिकारीमाथि यौनर्दुव्यहार गरेको आरोप लगाएकी थिइन् । जसलाई महिला टेनिस संघले गम्भीररुपमा लिएको छ,’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘डब्लुटिएका खेलाडीहरुले विश्वभरका महिला खेलाडीको प्रतिनिधित्व गर्छन् । पंकले यस्तो विषयमा खुलेर बोल्न आवश्यक छ, जब यौनर्दुव्यहार कुरा आउँछ र विशेषगरी जब शक्तिशाली व्यक्तिहरु यसमा संलग्न हुन्छन् ।’ 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो