पुस २९, २०८२ बुधबार | ०३:३६:२१
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी

शाहको राष्‍ट्रिय कीर्तिमान

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिकमा नेपालका पाँच मध्ये तेस्रो खेलाडीको पनि प्रारम्भिक चरणबाटै चुनौती समाप्त भएको छ । 
    
टोकियो एक्वेटिक्स सेन्टरमा मंगलबार सम्पन्‍न पौडीको सय मिटर फ्रिस्टाइलमा नेपालका एलेक्जेन्डर शाह हिट चरणबाटै बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको तेस्रो खेलाडीको चुनौती पनि प्रारम्भिक चरणबाटै समाप्त भएको हो । 

५३.४१ सेकेन्डको टाइमिङका साथ सात खेलाडी रहेको आफ्नो हिटमा पहिलो भए पनि एलेक्सलाई अघिल्लो चरण प्रवेशका लागि त्यो प्रदर्शन पर्याप्त भएन । कुल ७० खेलाडीले प्रतिस्पर्धा गरेको विधामा उनी ५९औं स्थानमा रहे । 

हिटबाटै बाहिरिए पनि एलेक्सको प्रदर्शन नेपालको राष्‍ट्रिय कीर्तिमान बनाउन भने पर्याप्त बन्यो । एलेक्सले आफ्नै नाममा रहेको ५६.२८ सेकेन्डको राष्‍ट्रिय कीर्तिमानमा सुधार गरे । उनको पुरानो उत्कृष्‍ट समय ग्वान्झाउमा सन् २०१८ मा भएको १८औं फिना विश्‍व च्याम्पियनसिपको हो । 

नेपाली पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले खेलाडीले गरेको मेहनतअनुसार ओलम्पिकजस्तो ठूलो प्रतिस्पर्धामा आफ्नो समय सुधार गर्न सफल भएको बताए ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् । अब १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जितेकी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्नेछिन् ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||