चैत्र १३, २०८२ शुक्रबार | ०१:३१:०९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

शाहको राष्‍ट्रिय कीर्तिमान

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिकमा नेपालका पाँच मध्ये तेस्रो खेलाडीको पनि प्रारम्भिक चरणबाटै चुनौती समाप्त भएको छ । 
    
टोकियो एक्वेटिक्स सेन्टरमा मंगलबार सम्पन्‍न पौडीको सय मिटर फ्रिस्टाइलमा नेपालका एलेक्जेन्डर शाह हिट चरणबाटै बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको तेस्रो खेलाडीको चुनौती पनि प्रारम्भिक चरणबाटै समाप्त भएको हो । 

५३.४१ सेकेन्डको टाइमिङका साथ सात खेलाडी रहेको आफ्नो हिटमा पहिलो भए पनि एलेक्सलाई अघिल्लो चरण प्रवेशका लागि त्यो प्रदर्शन पर्याप्त भएन । कुल ७० खेलाडीले प्रतिस्पर्धा गरेको विधामा उनी ५९औं स्थानमा रहे । 

हिटबाटै बाहिरिए पनि एलेक्सको प्रदर्शन नेपालको राष्‍ट्रिय कीर्तिमान बनाउन भने पर्याप्त बन्यो । एलेक्सले आफ्नै नाममा रहेको ५६.२८ सेकेन्डको राष्‍ट्रिय कीर्तिमानमा सुधार गरे । उनको पुरानो उत्कृष्‍ट समय ग्वान्झाउमा सन् २०१८ मा भएको १८औं फिना विश्‍व च्याम्पियनसिपको हो । 

नेपाली पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले खेलाडीले गरेको मेहनतअनुसार ओलम्पिकजस्तो ठूलो प्रतिस्पर्धामा आफ्नो समय सुधार गर्न सफल भएको बताए ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् । अब १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जितेकी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्नेछिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो