चैत्र ७, २०८२ शनिबार | २२:०१:५५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

भुवनको अग्रता

काठमाडौ । नेपालका नम्बर एक प्रोफेसनल गल्फर भूवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा दोस्रो दिन रवि खड्कामाथि एक स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन् ।

पार-६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार दोस्रो दिन एक अन्डर ७६ को स्कोर कार्ड बनाएपछि भूवनले अग्रता लिएका हुन् ।

सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत काठमाडौं ओपनमा कुल ३६ होलको खेल समाप्तिमा भूवनले कुल ६ अन्डर एक सय  ३० को स्कोर बटुल्दै शीर्षता कायम गरे । दोस्रो दिन रविले पनि एक अन्डर ६७ स्कोर जोडे पनि दोस्रो स्थानमा खुम्चिए ।

 एमेच्योर गल्फर सुवास तामाङले दोस्रो दिन ठूलो फड्को मारे । पहिलो दिन आठौं स्थानमा रहेका सुवास दोस्रो दिनको खेल सकिँदा तेस्रो स्थानमा उक्लिए । उनी चार अन्डर एक सय ३२ को स्कोर बटुल्दै जयराम श्रेष्ठसँग संयुक्त रूपमा तेस्रो स्थानमा छन् । 

१३औं सागका दोहोरो स्वर्ण विजेता सुवासले दोस्रो दिन चार अन्डर ६४ को यादगार प्रदर्शन गरेपछि वरीयतामा ठूलो फड्को मारेका हुन् । अघिल्लो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका जयराम र कुमार कामीले भने मंगलबार बिर्सनलायक प्रदर्शन गरे ।

जयरामले दुई ओभर ७० र कुमारले चार ओभर ७२ को खराब प्रदर्शन गरे । पहिलो दिन भने सूर्य र कुमारले ६ अन्डर ६२ को सानदार सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेनन् । कुमारसहित दिनेश प्रजापति र सन्जय लामा चौथो स्थानमा खुम्चिए । यी तीनै दुई अन्डर १३६ को कार्डमा छन् । 
धनबहादुर थापा (६९) इभन पार १३६ रहँदा सातौं स्थानमा उक्लिए । शुक्रबहादुर राई (६८) उनीभन्दा एक स्ट्रोकले पछाडि छन् ।

भूवनकुमार रोक्का (७५) कुल १३७ स्कोरका साथ नवौं स्थानमा रहँदा रमेश अधिकारी र कृष्णमान राजवाहक दशौं स्थानमा छन् । एमेच्योरतर्पm सुवास तामाङले मेजर निश्चयजंग रायमाझीमाथि १३ स्ट्रोकको अग्रता बनाएका छन् । पहिलो नाइनमा तीन अन्डर ३१ बनाएका सुवासले ब्याक नाइनमा भने एक अन्डर ३३ को प्रदर्शन गरे । चौथो होलमा इगल गरेका सुवासले सातौं होलको सट खेर फाले । त्यसबीच उनले दोस्रो र नवौं होलमा बर्डीको सफलता पाए । 

बर्डीबाट ब्याक नाइनको सुरुआत गरेका सुवासले १७औं होलमा पनि निरन्तरता दिए । तर, दिनको अन्तिम सट भने उनले खेर फाले । निश्चयजंगले भने ३६ होलको समाप्तिमा ९ ओभर १४५ को कार्ड बनाउँदा सुवासभन्दा धेरै पछाडि परेका छन् ।

 उनले दोस्रो राउन्डमा पाँच ओभरर ७३ को स्कोर बटुले । मिथुन राई तेस्रोमा रहँदा सुरेश तामाङ, महेन्द्र फगामी र विदुर तामाङ पनि अन्तिम दुई राउन्डका लागि छनोट भएका छन् ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो