माघ १६, २०८२ शुक्रबार | ११:५१:१२
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं,(खेलाडी)- विभागीय क्लब त्रिभुवन आर्मीका रत्नजित तामाङ र  रशिला महर्जनले प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् । 

मंगलबार भएको फाइनलमा रत्नजित पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बने ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाइव लिजर पार्कको कोर्टमा  रत्नजितले प्रिन्स दाहाललाई २-१ को सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । रत्नजितले प्रिन्समाथि २०-२२, २१-१९ र २१-१३ को जित हात पारे ।

त्यस्तै महिलातर्फ रसिलाले आर्मीकै अनुमाया राईलाई २१-८, १७-२१ र २२-२० ले हराउदै उपाधि जितिन् ।

दुवै विधाका विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार रुपैयाँ हात पार्दा तेस्रो र चौथो स्थान हासिल गर्ने खेलाडी जनही १० हजार रुपैयाँको हकदार बने ।

शीर्ष २० देखि बाहेकको पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीलाई २१-१६, १७-२१ र २१-१८ ले पराजित गर्दै उपाधि जित्न सफल भयो।

उपाधिसँगै विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले ५० हजार तथा दोस्रो भएको राम बाँनिया र सुजन थापाको जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएको प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा तथा विधान अधिकारी र विशाल खड्काको जोडीले समान १०-१० हजार रुपैयाँ हात पारे । 

भेट्रान्स ४५ वर्ष माथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाँखे र चितवनका सुभाष श्रेष्ठको जोडीले रिभाइव लिजर पार्कका रामशरण केसी र हरि खत्रीको जोडीलाई १९-२१, २१-१४ र २१-१९ ले पराजित गर्दै च्याम्पियन बने ।

उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको राम केसी र मिलान थापाको जोडी तथा किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले समान पाँच/पाँच५ हजार रुपैयाँ प्राप्त गरे । १ असोजदेखि शुरु भएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा २ सय बढि खेलाडीको सहभागिता थियो । 

विजयी खेलाडीलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, रिभाव लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटिका अध्यक्ष शुक्र पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक कमिटीका लिलाबहादुर थापा, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।