चैत्र १३, २०८२ शुक्रबार | १३:०४:५८
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं,(खेलाडी)- विभागीय क्लब त्रिभुवन आर्मीका रत्नजित तामाङ र  रशिला महर्जनले प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् । 

मंगलबार भएको फाइनलमा रत्नजित पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बने ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाइव लिजर पार्कको कोर्टमा  रत्नजितले प्रिन्स दाहाललाई २-१ को सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । रत्नजितले प्रिन्समाथि २०-२२, २१-१९ र २१-१३ को जित हात पारे ।

त्यस्तै महिलातर्फ रसिलाले आर्मीकै अनुमाया राईलाई २१-८, १७-२१ र २२-२० ले हराउदै उपाधि जितिन् ।

दुवै विधाका विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार रुपैयाँ हात पार्दा तेस्रो र चौथो स्थान हासिल गर्ने खेलाडी जनही १० हजार रुपैयाँको हकदार बने ।

शीर्ष २० देखि बाहेकको पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीलाई २१-१६, १७-२१ र २१-१८ ले पराजित गर्दै उपाधि जित्न सफल भयो।

उपाधिसँगै विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले ५० हजार तथा दोस्रो भएको राम बाँनिया र सुजन थापाको जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएको प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा तथा विधान अधिकारी र विशाल खड्काको जोडीले समान १०-१० हजार रुपैयाँ हात पारे । 

भेट्रान्स ४५ वर्ष माथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाँखे र चितवनका सुभाष श्रेष्ठको जोडीले रिभाइव लिजर पार्कका रामशरण केसी र हरि खत्रीको जोडीलाई १९-२१, २१-१४ र २१-१९ ले पराजित गर्दै च्याम्पियन बने ।

उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको राम केसी र मिलान थापाको जोडी तथा किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले समान पाँच/पाँच५ हजार रुपैयाँ प्राप्त गरे । १ असोजदेखि शुरु भएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा २ सय बढि खेलाडीको सहभागिता थियो । 

विजयी खेलाडीलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, रिभाव लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटिका अध्यक्ष शुक्र पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक कमिटीका लिलाबहादुर थापा, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो