चैत्र १६, २०८२ सोमबार | ०२:२२:५०
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न

काठमाडौं । नेपाल उसु महासंघले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न गरेको छ ।

नेपालमा पहिलो पटक आयोजना भएको यो कोर्स काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन र समापन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।

बिहीबार रोयल सिंगी होटलमा भएको कोर्सको समापन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेललाई नतिजबाट बुझ्न  यस्तो कोर्स निकै महत्वपूर्ण भएको बताए । ‘मेहेनत गरेर पनि पोइन्ट आएन भने त्यसको के काम हुन्छ?’, श्रेष्ठ भने, ‘सोलिडेरिटी कोर्सले पोइन्ट कसरी लिन सकिन्छ, खेलको नियम कस्तो हुन्छ त्यसलाई बुझाउने मौका मिल्ने हुँदा सुखद नतिजा ल्याउन मद्दत पुग्छ ।’

टेक्निकल कोर्समा ६५ जना प्रशिक्षक सहभागी भएको महासघंंका महासचिव ल्हाकपाछिरिङ लामाले जानकारी दिए । अन्तर्राष्ट्रिय उसु महासंघका विज्ञद्वारा प्रशिक्षण दिईने भएकाले कोटा भन्दा बढि प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।

ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा दुई जना तथा सान्दामा चार जना गरी ६ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।

सहभागीलाई उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो