चैत्र १६, २०८२ सोमबार | ०२:२२:०७
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

१०औं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म

काठमाडौं । लामो समयदेखि अलपत्र रहेको १०औं वृहत राष्ट्रिय खेलकुद आगामी फागुनको पहिलो साता हुने भएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषदको १२३औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगितामा पूर्व निर्धारित सबै ३६ खेलमा प्रतिस्पर्धा गराइनेछ ।

चुनावी माहोलबीच हुन लागेको नेपाली खेलकुदको कुम्भमेलामा निर्वाचन आचार संहिता नलाग्ने बताइएको छ । यसका लागि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले निर्वाचन कार्यलयसँग कुरा गरिसकेको र निर्वाचन आयोगले पनि राष्ट्रिय खेलकुदका लागि स्वीकृति दिने मन्त्रीले जानकारी दिएको बैठकमा सहभागी एक सदस्यले खेलाडी डटकमलाई बताए ।

गतवर्ष मंसिरमै सुर्खेतलाई केन्द्र बनाएर १०औं राष्ट्रिय खेलकुद हुनुपर्ने थियो । तर बजेटमा आवश्यक रकम छुट्याइनाका बावजुद सरकार तथा परिषदभित्रको दलीय राजनीतिका कारण राष्ट्रिय खेलकुद पटकपटक सर्दै आएको थियो  । पछिल्लो पटक निवर्तमान मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरका लागि तोकेको राष्ट्रिय खेलकुद नयाँ मिति समेत नतोकी अनिश्चित कालका लागि स्थगित गरेका थिए ।

गत साता नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद र विविध विषय समावेश गरि एजेन्डासहित बोर्डका सबै पदाधिकारी र सदस्यलाई सूचित गर्न दिएको निर्देशन बमोजिम सदस्यसचिव टंकलाल घिसिङले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो