पुस २, २०८२ बिहीबार | ११:५२:०८
सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल

केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार

काठमाडौं । नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम नेपाल कबड्डी लिग (एनकेएल)ले जेन्जी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसम्भार गरेको छ ।

व्यवसायिक घराना बेगानी ग्रुपको स्वामित्वमा रहेको केबी साम एनकेएलले राजनीतिक परिवर्तनपछि देशलाई फेरि गति दिने प्रयासमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीपोखरीस्थित भवन, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना), कीर्तिपुर प्रहरी कार्यालय, जनकपुरस्थित ट्रफिक प्रहरी मुख्यालय र कार्यालय मर्मतसम्भार गरेको हो ।

यी सबै कार्यालयमा केबी साम एनकेएलले पूर्ण रुपमा नयाँ आल्मुनियमको सिसासहित १५० वटा झ्याल १३ वटा ढोका र उपत्यका ट्राफिकमा महिला प्रहरी बस्ने भवन बनाइदिएको हो ।

केबी साम एनकेएलका प्रमुख अमिकतकुमार बेगानीले प्रहरीको मनोबल बृद्धि गर्दै जीवनशैलीलाई सहज बनाउने प्रयासमा हात हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

‘एनकेएलमा अधिकांश खेलाडी प्रहरीमा आबद्ध छन् । जेन्जी आन्दोलनमा उनीहरू कठिन परिस्थितिबाट गुज्रिएका थिए । काठमाडौंसहित धेरै सहरका प्रहरी कार्यालय ध्वस्त भएको थियो । त्यसमध्ये हाम्रा खेलाडी र सुरक्षाको प्रत्याभूति गर्ने प्रहरीको मनोबल बृद्धि गर्दै जीवनशैलीलाई सहज बनाउने प्रयासस्वरुप ८० लाख रुपैयाँ लागतमा पाँच कार्यालय मर्मतसंभार गरेका छौं,’ बेगानीले भने, ‘देश निर्माणमा खेलकुदसँगै कर्पोरेट हाउसलाई जोड्न पाउँदा खुशी छौं । सहकार्यका लागि नेपाल प्रहरीलाई धन्यवाद दिन चाहान्छौं ।’

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार शाहले केबी साम एनकेएलको प्रशंसा गर्दै आभार व्यक्त गरे ।

‘जेन्जी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालहरू सरकार आफैले पनि तत्कालै पुननिर्माण गर्न संभव नदेखिएको परिस्थितिमा अग्रसरता लिएर बनाइदिएकोमा बेगानी ग्रुपप्रति आभारी छु,’ शाहले भने ।

केबी साम एनकेएलले जनकपर र भक्तपुरमा १५–१५ तथा कीर्तिपुरमा ३ वटा ट्राफिक अइल्यान्ड पनि निर्माण गरिदिने जनाएको छ ।

बेगानी ग्रुपको आल्मुनियम उत्पादन केबी साम हो । बेगानी ग्रुपकै एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गरी गत वर्ष ६ सहरका ६ टिमलाई त्रिपुरश्वरस्थित कभर्ड हलमा उतार्दै एनकेएलको पहिलो संस्करण आयोजना गरेको थियो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पिकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।

सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team