पुस १७, २०८२ शुक्रबार | २२:३४:११
एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर

फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट प्रतियोगितामा सहभागिता नजनाएका कारण नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) कार्बाहीमा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरीवानासहितको कार्बाही गरिएको हो ।

एएफसीका अनुसार छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।

एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कार्बाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरीवाना तिनुपर्ने नियम छ । तर, स्रोतका अनुसार एन्फाले सो रकम अहिलेसम्म पनि तिरिसकेको छैन ।

एन्फाले गत वैशाख २२ देखि जेठ ५ सम्म ‘अन्तर विद्यालय फुटसल च्याम्पियनसिप’ आयोजना गरेको थियो । त्यस प्रतियोगिताबाट सम्भावना भएका खेलाडी र राष्ट्रिय खेलाडीलाई समेट्दै एन्फाले छनोट प्रतियोगिताका लागि तयारी थालेको थियो । प्रारम्भिक छनोटका लागि लागि ४५–५० खेलाडी बोलाइएको थियो । तर, एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण सुरु हुन नपाउँदै बन्द गरेको थियो ।

फुटसल एसियन कप आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म इन्डोनेसियामा हुँदैछ । दुई शहरमा आयोजना हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली एसियन कपमा सोझै छनोट हुनेछ । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि इन्डोनेसियाको टिकट काट्नेछ ।

छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC