चैत्र १६, २०८२ सोमबार | ०२:२१:३१
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१’ अन्तर्गत थप चार विधाको मनोयन सार्वजनिक भएको छ ।

शनिबार एनएसजेएफकोे खेलाडी छनोट समितिले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट महिला खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीका साथै वर्षका उत्कृष्ट प्रशिक्षक विधाको मनोयन सार्वजनिक गरेको हो ।

मञ्चले यसअघि नै पिपुल्स च्वाईस विधानको मनोनयन सार्वजनिक गरिसकेको छ । अवार्डअन्तर्गत रहेका लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधाको विजेता भने २९ गते हुने कार्यक्रममा नै घोषणा गरिनेछ ।

वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खो खेलका जनक चन्द मनोनयनमा परेका छन् ।

महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।

त्यस्तै वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । पुजाको यो दोहोरो मनोनयन हो ।

यीमध्ये विजय (सिन्जाली), रेखा पौडेल र पुजा महतोले पिपुल्स च्वाईस अवार्डमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

वर्ष प्रशिक्षकमा यसपाली पनि पारा तेक्वान्दोका कविराज नेगी लामा र करातेका कुशल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई यसअघि पनि मनोयनमा परेका थिए । यसपाली यी दुईलाई क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्यको चुनौती रहनेछ ।

मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको ५ सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो