पुस २, २०८२ बिहीबार | ११:५१:५९
सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल

पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१’ अन्तर्गत थप चार विधाको मनोयन सार्वजनिक भएको छ ।

शनिबार एनएसजेएफकोे खेलाडी छनोट समितिले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट महिला खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीका साथै वर्षका उत्कृष्ट प्रशिक्षक विधाको मनोयन सार्वजनिक गरेको हो ।

मञ्चले यसअघि नै पिपुल्स च्वाईस विधानको मनोनयन सार्वजनिक गरिसकेको छ । अवार्डअन्तर्गत रहेका लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधाको विजेता भने २९ गते हुने कार्यक्रममा नै घोषणा गरिनेछ ।

वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खो खेलका जनक चन्द मनोनयनमा परेका छन् ।

महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।

त्यस्तै वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । पुजाको यो दोहोरो मनोनयन हो ।

यीमध्ये विजय (सिन्जाली), रेखा पौडेल र पुजा महतोले पिपुल्स च्वाईस अवार्डमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

वर्ष प्रशिक्षकमा यसपाली पनि पारा तेक्वान्दोका कविराज नेगी लामा र करातेका कुशल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई यसअघि पनि मनोयनमा परेका थिए । यसपाली यी दुईलाई क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्यको चुनौती रहनेछ ।

मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको ५ सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team