पुस २, २०८२ बिहीबार | ११:५३:२३
सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल

विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन

काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी विजय सिन्जालीले १७औं विश्व च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गरेका छन् । शुक्रबार राति ब्राजिलको ब्रासिलिया शहरमा विजयले उसु थाउलोको पुरुष जेन्सु विधामा ९.७१० अंक प्राप्त गरे ।

यो अंक कुनै पनि नेपाली खेलाडीले हासिल गरेको पहिलो पटक हो । विजय सहभागी ३६ मध्ये छैटौं स्थानमा अटाउन सफल भएको प्रशिक्षक निकेश श्रेष्ठले बताए । यद्यपि विजयले पदक जित्न भने सकेनन् । यो बिधामा मलेसियाले स्वर्ण, मकाउले रजत र  हङकङले कास्य पदक जिते ।

स्वर्ण विजेता मलेसियाली खेलाडी सि सिन पेङले सर्वाधिक ९.७४६ अंक बटुलेका थिए । विजय स्वर्ण विजेता खेलाडी भन्दा ०.०३६ अंकले पछि परेका हुन् ।

प्रशिक्षक श्रेष्ठका अनुसार यो प्रदर्शनसँगै विजयले अन्तर्राष्ट्रिय उसु महासंघ (आईडब्लूएफ)ले  आयोजना गर्ने मुख्य प्रतियोगितामा छनोट हुने सम्भावना बलियो बनाएका छन् ।

‘२१ वर्षदेखि लगातार यो खेल खेल्दै आएको छु । पहिलो पटक यस्तो प्रदर्शन गर्न सफल हुँदा निकै गर्व लाग्छ,’विजयले भनेका छन् ।

विजयले यसअघि गत वर्ष जापानमा सम्पन्न उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका थिए । विजयले जेन्सु विधामा ९.६३६ अंक ल्याउँदै काँस्य पदक जितेका थिए । उनले ब्राजिलमा ल्याएको अंक गत वर्षको थाउलो विश्वकपको भन्दा ०.७४ अंकले बढेको हो ।

प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘विजयले ल्याएको अंक कुनै पनि नेपाली खेलाडीले उसु प्रतियोगितामा जोडेको पहिलोि पटक हो । यो नतिजासँगै उनको आगामी प्रतियोगिताहरुका लागि बाटो खुल्ला गरेका छन् ।’

यता, महिलातर्फ पनि सुस्मीता तामाङले ऐतिहासिक अंक प्राप्त गरेकी छिन् । थाउलोको छानछ्वान विधामा सुस्मीताले ९.७०६ अंक पाइन् । जुन नेपाली महिला खेलाडीले पाएको अहिलेसम्मकै दुर्लभ अंक रहेको प्रशिक्षक श्रेष्ठले बताए ।

विश्व च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अर्का खेलाडी दिपक हमालले नानकुन विधामा ९.५३६ र नान ताउमा ९.२६६ अंक पाउँदा निमा घर्तीमगरले नानकुनमा विधामा ८.७४० र नानताउमा ८.६५० अंक प्राप्त गरेका छन् ।

चारै खेलाडीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए ।

यता, विजय नेपाली खेल पत्रकारहरुको छातासंगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्षेनी आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । जापान र चीनमा गरेको प्रदर्शनको आधारमा विजय पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका हुन् ।

 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team