चैत्र १६, २०८२ सोमबार | ०२:२२:०७
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन

काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी विजय सिन्जालीले १७औं विश्व च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गरेका छन् । शुक्रबार राति ब्राजिलको ब्रासिलिया शहरमा विजयले उसु थाउलोको पुरुष जेन्सु विधामा ९.७१० अंक प्राप्त गरे ।

यो अंक कुनै पनि नेपाली खेलाडीले हासिल गरेको पहिलो पटक हो । विजय सहभागी ३६ मध्ये छैटौं स्थानमा अटाउन सफल भएको प्रशिक्षक निकेश श्रेष्ठले बताए । यद्यपि विजयले पदक जित्न भने सकेनन् । यो बिधामा मलेसियाले स्वर्ण, मकाउले रजत र  हङकङले कास्य पदक जिते ।

स्वर्ण विजेता मलेसियाली खेलाडी सि सिन पेङले सर्वाधिक ९.७४६ अंक बटुलेका थिए । विजय स्वर्ण विजेता खेलाडी भन्दा ०.०३६ अंकले पछि परेका हुन् ।

प्रशिक्षक श्रेष्ठका अनुसार यो प्रदर्शनसँगै विजयले अन्तर्राष्ट्रिय उसु महासंघ (आईडब्लूएफ)ले  आयोजना गर्ने मुख्य प्रतियोगितामा छनोट हुने सम्भावना बलियो बनाएका छन् ।

‘२१ वर्षदेखि लगातार यो खेल खेल्दै आएको छु । पहिलो पटक यस्तो प्रदर्शन गर्न सफल हुँदा निकै गर्व लाग्छ,’विजयले भनेका छन् ।

विजयले यसअघि गत वर्ष जापानमा सम्पन्न उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका थिए । विजयले जेन्सु विधामा ९.६३६ अंक ल्याउँदै काँस्य पदक जितेका थिए । उनले ब्राजिलमा ल्याएको अंक गत वर्षको थाउलो विश्वकपको भन्दा ०.७४ अंकले बढेको हो ।

प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘विजयले ल्याएको अंक कुनै पनि नेपाली खेलाडीले उसु प्रतियोगितामा जोडेको पहिलोि पटक हो । यो नतिजासँगै उनको आगामी प्रतियोगिताहरुका लागि बाटो खुल्ला गरेका छन् ।’

यता, महिलातर्फ पनि सुस्मीता तामाङले ऐतिहासिक अंक प्राप्त गरेकी छिन् । थाउलोको छानछ्वान विधामा सुस्मीताले ९.७०६ अंक पाइन् । जुन नेपाली महिला खेलाडीले पाएको अहिलेसम्मकै दुर्लभ अंक रहेको प्रशिक्षक श्रेष्ठले बताए ।

विश्व च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अर्का खेलाडी दिपक हमालले नानकुन विधामा ९.५३६ र नान ताउमा ९.२६६ अंक पाउँदा निमा घर्तीमगरले नानकुनमा विधामा ८.७४० र नानताउमा ८.६५० अंक प्राप्त गरेका छन् ।

चारै खेलाडीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए ।

यता, विजय नेपाली खेल पत्रकारहरुको छातासंगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्षेनी आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । जापान र चीनमा गरेको प्रदर्शनको आधारमा विजय पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो