काठमाडौं । नेपाल रग्बी संघले विश्व वातावरण दिवसको अवसर पारेर बिहीबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संघको महिला रग्बी विभाग प्रमुख तथा एसिया रग्बी स्पोर्टस आइड इन्भाइरोमेन्ट कमिटी सदस्य एलिसा थापाको संयोजकत्वमा टोखा नगरपालिका-३ मेगासिटी प्लानिङमा ६९ वटा विरुवा रोपिएको थियो ।
कार्यक्रममा नेपाल रग्बी संघका वरिष्ठ उपाध्क्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे , सदस्य हरु कामना गिरी, भरतबहादुर अर्याल, सन्तोष पाण्डे, राष्ट्रिय टोलीका महिला तथा पुरुष खेलाडीलगातयतको उपस्थिति थियो ।
संघले यही कार्यक्रममार्फत एसिया रग्बी अन्तर्गत स्पोर्टस आन्ड इन्भाइरोमेन्ट कमिटीको ‘अ ट्राइ अ ट्री ’अभियान सुरु गरेको छ । भर्खरै सम्पन्न राष्ट्रिय महिला रग्बी प्रतियोगितामा हानेको ट्राइको आधारमा आज विरुवा रोपिएको हो ।
यो अभियानलाई आगामी दिनमा पनि जारी राखिने संघले जानएको छ ।