जेष्ठ २४, २०८२ शुक्रबार | ०५:००:१९
सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे

अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न

फेलोशिप कार्यक्रमका लागि छनोट भएका प्राज्ञार्थीलाई ‘फेलोशिप प्याकेज’ हस्तान्तरण गर्दै डा.नन्दकिशोर श्रेष्ठ, तस्वीर सौजन्यः अल फोर बल ।

काठमाडौं । खेलकुदमार्फत युवा नेतृत्वको विकास मुख्य लक्ष्य बोकेको गैरनाफामुलक संस्था ‘अल फोर बल नेपाल’ले ‘युथ एम्बेसडर फेलोशिप’ कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार नन्दकिशोर प्रतिभा प्रतिष्ठानका अध्यक्ष डा. नन्दकिशोर श्रेष्ठको प्रमुख आतिथ्यमा अल फोर बलले ललितपुरको लुभूस्थित श्री महालक्ष्मी उच्च माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरेको हो ।

खेलकुदमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन ज्ञान, सिप र आवश्यक श्रोतसाधन व्यवस्थापन गरि युवा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ अल फोर बलले ‘फेलोशिप’ कार्यक्रम यसै वर्ष देखि सञ्चालमा ल्याएको हो ।

यस फेलोशिप कार्यक्रमका लागि विश्वमित्र मा.वि.की जमुना श्रेष्ठ, श्री शान्ति मा.वि.की कुसुम खाति, महेन्द्र आदर्श मा.वि.की करिना तामाङ, अक्सब्रिज कलेजका रेश्मा श्रेष्ठ र रोशान्त सुवाल, एभिएम स्कुलकी रिता वाइबा, महेन्द्रग्राम मा.वि.की सन्जिता भण्डारी र श्रृंगेरी मा.वि.का सिमा चौधरी र विजय योञ्जन गरि ९ प्राज्ञार्थी छनोट भएका छन् ।

फेलोशिप कार्यक्रमका लागि छनोट भएका ९ प्राज्ञार्थी, तस्वीर सौजन्य: अल फोर बल ।

यस्तै फेलोशिप कार्यत्रमबीच भाद्र २९ गते बालदिवसको अवसरमा ‘नन्दकिशोर अल फोर बल कप फुटसल प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ । ‘अवसर र नेतृत्वका लागि फुटसल’ भन्ने मूल नाराका साथ अल फोर बलले प्रमुख प्रायोजक डा.नन्दकिशोर श्रेष्ठसँगको सहकार्यमा यो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । छात्र र छात्रा दुबै विधामा हुने प्रतियोगितामा महालक्ष्मी नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयको सहभागिता जनाउन पाउनेछन् ।

शनिबार कार्यक्रममा अल फोर बलका सल्लाहकार घनश्याम शाक्य, दाता गम्भीर कृष्ण श्रेष्ठ, ‘जिओ स्पोर्ट्सका प्रतिनिधि सुनिल श्रेष्ठ, ‘टिन फर नेपाल’का प्रतिनिधि रफाईल पौडेल, सगरमाथा आरोही लाक्पा तामाङ, छनोट हुन सफल प्राज्ञार्थी अध्ययनरत विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र अभिभावकको उपस्थिति थियो ।


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II