मंसिर २४, २०८२ बुधबार | १५:२०:२९
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन फिफा विश्वकप छनाेट २०२६

फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप उत्तर अमेरिकी टिम राष्ट्र क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदै छ । फिफाले पहिलो पटक विश्वकपमा ४८ राष्ट्रको सहभागिता गराउँदै छ । यसअघि ३२ राष्ट्रले विश्वकप खेल्दै आएका थिए ।

फिफाको यो निर्णयसँगै आगामी विश्वकपमा धेरै नयाँ राष्ट्र देखिने छन् । एसियाबाट मात्रै पहिलो पटक उज्वेकिस्तान र जोर्डनले विश्वकप खेल्ने पक्का भइसकेको छ । शुक्रबारसम्म १० राष्ट्र विश्वकपका लागि छनोट भएका छन् । अब ३८ राष्ट्रको टुंगो लाग्न बाँकी छ ।

आयोजक भएसँगै अमेरिका, मेक्सिको र क्यानडा सिधै विश्वकपमा छनोट भइसकेका छन् । यसपालि छनोट भएरै विश्वकपमा पुग्ने पहिलो टोली बन्यो एसियाली महारथी जापान । त्यसपछि न्युजिल्यान्ड, इरान, अर्जेन्टिना, उज्वेकिस्तान, दक्षिण कोरिया र जोर्डन छनोट भएका हुन् । ओसिएन प्यासिफिक फुटबल कन्फेडेरेसनबाट एक मात्रै टोलीको रूपमा न्युजिल्यान्डले सिधै विश्वकपमा स्थान बनाइसकेको छ ।

विश्वकपमा छनोट भएको न्युजिल्यान्डको टोली । 

फिफाले विश्वकपमा सबैभन्दा धेरै युरोपबाट १६ राष्ट्र, अफ्रिकाबाट ९, एसियाबाट ८, उत्तर अमेरिकाबाट ६, दक्षिण अमेरिकाबाट पनि ६, एक ओसियन प्यासिफिक तथा दुई प्लेअफ गरी जम्मा ४८ राष्ट्र सहभागी गराउन लागेको हो ।

एसियाको अवस्था: ८ टिम

जापानी टाेली । 

एसियाबाट छनोट हुन अब अस्ट्रेलिया नजिक छ । टोलीलाई एक अंकले पनि विश्वकपमा पु¥याउने छ । अब, तेस्रो चरणमा स्थान बनाएका इन्डोनेसिया, इराक, कतार, साउदी अरेबिया र युएईको पनि सम्भावना उत्तिकै छ । तर, तिनीहरूले विश्वकपमा स्थान बनाउन निकै संघर्ष गर्नुपर्नेछ । बाँकी दुई स्थानको लागि यो टिमबीच प्लेअफ चल्नेछ । थप एक स्थान एसियाली टिमले अन्तर महादेश प्लेअफबाट पनि पाउन सक्नेछ । यता, नेपालसँगै अन्य ३३ राष्ट्रको सम्भावना सकिसकेको छ । यी टिम दोस्रो चरण र तेस्रो चरणको अन्तिममा रहँदा सम्भावना सकिएको हो । 

तेस्रो चरणको समूह ‘ए’ मा इरानले ९ खेलबाट २० अंक जोड्यो । विश्वकपमा पुगेको अर्को टोली उज्वेकिस्तानले १८ अंक जोड्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । यो समूहमा युएईको १४ र कतारको १३ अंक छ । किर्गिस्तान र उत्तर कोरिया भने समूह चरणको पुछारमा रहँदा सम्भावना नै छैन । 

यता, समूह ‘बी’ मा १९ अंकको दक्षिण कोरिया र १६ अंकको जोर्डनले विश्वकपमा स्थान बनाएका छन् । यो समूहमा इराक र ओमानसँगै प्यालेस्टाइन र कुवेत पनि छन् ।समूह ‘सी’ बाट २० अंकसहित जापानले स्थान पक्का गरिसकेको छ । अब, अस्ट्रेलिया १६ अंक, साउदी अरेबिया १३ अंक र इन्डोनेसिया १२ अंकमध्ये एक टिम सिधै विश्वकपमा स्थान बनाउने छ । बहराइन र चीनको सम्भावना सकिसकेको छ । एसियाबाट ६ राष्ट्रले सिधै विश्वकप खेल्न पाउनेछ भने प्लेअफबाट १ देखि २ टिम खेल्ने सम्भावना रहन्छ ।  युरोपबाट १६ टिमविश्वकपमा युरोपबाट सबैभन्दा धेरै १६ टिम सहभागी हुनेछ । जसका लागि ५४ राष्ट्रबीच चर्काे प्रतिस्पर्धा छ । तर, अहिलेसम्म एउटै पनि टिमको टुंगो लागेको छैन । अहिले युरोपमा नेसन्स लिग चलिरहेको छ । योसँगै युरोपका छनोट खेल पनि सुरु हुनेछ । फाइनल मात्रै खेल्न बाँकी रहँदा केही समूहका खेल भने सुरु भइसकेको छ । फिफा प्रतिबन्धका कारण रुस भने विश्वकप छनोटमा सहभागी हुने छैन ।

अफ्रिकाबाट ९ टिमअफ्रिकाबाट पनि विश्वकपमा स्थान बनाउन ५३ राष्ट्रको प्रतिस्पर्धा तीव्र छ । त्यसमा ९ टिमले सिधै विश्वकपमा स्थान बनाउँदा थप एक टिमले प्लेअफ खेल्ने अवसर पाउनेछ । अब, हरेक समूहका शीर्ष टिमले सिधै विश्वकप खेल्ने पाउनेछ । दोस्रो स्थानमा रहने उत्कृष्ट चारमध्ये एक टिम प्लेअफबाट छनोट हुनेछ । हालसम्म अफ्रिकाबाट इजिप्ट,  बुर्किना फासो, कंगो, सेनेगल, दक्षिण अफ्रिका, क्याप भार्डी, क्यामरुन, मोरक्को, आइभोरी कोस्ट, अल्जेरिया, ट्युनिसिया, घानाको विश्वकप खेल्ने सम्भावना बलियो छ ।

उत्तर र मध्य अमेरिकी तथा क्यारेवियन क्षेत्रबाट ६ टिम

विश्वकपमा उत्तर र मध्य अमेरिकी तथा क्यारेवियन क्षेत्र (कन्काकाफ) बाट ६ टिम सहभागी हुनेछ । त्यसमा तीन  आयोजक रहेको छ । अन्तरमहादेशीय प्लेअफ छनोटबाट थप दुई टिमको विश्वकप खेल्ने सम्भावना पनि छ । यो महादेशबाट होन्डुरस, कोस्टारिका, क्युरासाओे, हाइटी, पानामा, निकारागुआ, ग्वाटेमाला, जमैका, सुरिनामको सम्भावना उच्च छ ।

दक्षिण अमेरिकाबाट ६ टिम

अर्जेन्टिनाको फुटबल टोली । 

दक्षिण अमेरिकाबाट ६ टिमले सिधै विश्वकप खेल्नेछन् । अन्तरमहादेशीय छनोटबाट एक टिमले अवसर पाउने सम्भावना छ । हालसम्म साबिक विजेता अर्जेन्टिनामात्रै विश्वकपमा छनोट भइसकेको छ । दोस्रो स्थानको इक्वेडर, तेस्रो स्थानको पाराग्वे, चौथो स्थानको ब्राजिल, पाँचौं स्थानको उरुग्वे र कोलम्बियाको छनोट हुने सम्भावना यथावत छ । शीर्ष स्थानको अर्जेन्टिनाको ३४ अंक रहँदा दोस्रोदेखि छैटौं स्थानसम्मको टोलीबीच जम्मा ४ अंकको अन्तर छ । अब, प्लेअफबाट भेनेजुएला, बोलिभिया, पेरुको सम्भावना उस्तै छ । चिलीको भने विश्वकप खेल्ने सम्भावना नै छैन ।