भाद्र ३, २०८२ बुधबार | १३:००:०५
नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली
शनिबारको दिन

बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी

काठमाडौं । अन्ततः एउटा लामो प्रतीक्षाको अन्त्य भएको छ । इन्डियन प्रिमियर लिग ( आइपिएल) ले नयाँ च्याम्पियनको रूपमा रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसिबी) लाई पाएको छ । यस पटक आरसिबी र पन्जाब किंग्स फाइनल पुगेसँगै आइपिएलले नयाँ च्याम्पियन पाउने निश्चित भइसकेको थियो ।

गत मंगलबार सम्पन्न खेलमा पन्जावविरुद्ध ६ रनको रोमाञ्चक जित निकाल्दै आरसिबीले उपाधि उचाल्यो । यो आरसिबीको मात्र जित थिएन, यो त खेलाडीको समर्पण, त्याग, विश्वास र सपनाको जित थियो । विशेष गरी विराट कोहलीका लागि यो उपाधि जित विशेष छ ।

वर्तमान समयका उत्कृष्ट खेलाडी कोहलीले आफ्नो करियरमा थुप्रै उपलब्धि हासिल गरिसकेका छन् । उनले जित्न बाँकी यही आइपिएल ट्रफी थियो । अहिले त्यो पनि हासिल गरेका छन् । कोहली सन् २००८ को पहिलो संस्करणदेखि नै आरसिबीको हिस्सा हुँदै आएका छन् । यसबीच टोली तीन पटक उपाधि नजिक पुगेर पनि निराश बनेको थियो । यसअघि आरसिबी सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

च्याम्पिन बनेपछि भावुक बनेका विराट कोहली । 

कोहलीले यस क्षणका लागि आरसिबीप्रति आभारी भए । हरेक हारमा आफूलाई सम्हालेर टोलीलाई ऊर्जा दिइरहे । जसको परिणामस्वरुप आरसिबी अहिले च्याम्पियन बनेको छ ।

आरसिबीको यो च्याम्पियन यात्रामा कोहलीसँगै फिल साल्ट, जोस हेजलउड, क्रुनाल पाण्डे्या, कप्तान रजत पाटिदारजस्ता खेलाडीको महत्त्वपूर्ण भूमिका रह्यो ।

आरसिबीलाई केही हदसम्म भाग्यले पनि साथ दियो । टोलीका प्रशिक्षक एन्डी फ्लावर पनि यसलाई स्वीकार्छन् । भारत र पाकिस्तानबीचको भूराजनीतिक तनावका कारण आइपिएल एक साताका लागि रोकिएको थियो । जसले गर्दा रजत पाटिदार र जोस हेजलउडलाई रिकभरी हुने समय मिल्यो । यस्तै पन्जाबका प्रमुख खेलाडी मार्को यानसन राष्ट्रिय टोलीका लागि स्वदेश फर्किए ।

आइपिएल ट्रफीका साथ विराट कोहली ।

यो सफलताको कथा कोहली वरिपरि नै घुमेको छ । आरसिबीका खेलाडीमात्र नभएर क्रिकेट समर्थक पनि आफ्नो करियरको अन्त्यतिर पुगिसकेका कोहलीले आइपिएल उपाधि उचालेको हेर्न चाहन्थे ।

उपाधि जितिसकेपछि कोहली निकै भावुक देखिए । खेललगत्तै उनी मैदानमा घोप्टिए । उनको आँखाबाट खुसीको आँसु झरिरह्यो । यो आँसुको अर्थ र महत्व कोहलीलाई मात्र थाहा छ । अब कोहलीसँग आएपिएल उपाधि जित्न सकिनँ भनेर कुनै गुनासो हुने छैन ।

‘यो जितको महत्व टोलीका लागि जति छ, समर्थकका लागि पनि त्यति नै हो । यो १८ वर्षको लामो यात्रा हो । यो क्षण मैले मेरो युवा अवस्था, मेरो सुनौलो वर्ष र मेरो अनुभव यस टोलीलाई दिएको छु । जब हरेक सिजन आउँछ, म यसलाई जित्न र सबै कुरा दिन सक्दो प्रयास गर्छु । यो क्षण बाँच्नु अविश्वसनीय अनुभूति हो,’ कोहलीले खेलपछि भनेका थिए, ‘मैले कहिल्यै सोचेको थिइनँ कि यो दिन आउला । अन्तिम बल सकिने बित्तिकै म भावकु भएँ । यो उपाधिले मेरो लागि विशेष महत्व राख्छ ।’

यो १८ वर्षको बीचमा कोहलीले धेरै उतारचढाव सामना गरे । टोलीलाई उपाधि दिलाउन नसकेको भन्दै उनीमाथि धेरै आलोचना खनियो । उनलाई टोलीबाट निकाल्नुपर्ने सम्मका मागहरू पनि नउठेका होइनन् । तर, उनले बाहिरी कुरालाई खासै ध्यान दिएनन् । उनमा जसरी पनि टोलीलाई उपाधि दिलाउँछु भन्ने विश्वास थियो । र, फ्रेन्चाइज टिमलाई पनि कोहलीमाथि भरोसा थियो । त्यसैले त उनले आफ्नो कप्तानी जिम्मेवारी त्यागेर खेलमा मात्रै केन्द्रित हुने निर्णय लिएका थिए । आखिरमा बेङलुरु च्याम्पियन बन्न सफल भयो । अहिले विराटले सबैतिरबाट प्रशंसा पाइरहेका छन् ।

आरसिबीका पूर्वखेलाडी एबिडी भिलियर्सका साथ विराट कोहली (दायाँ) ।

बेङ्लुरुमा आरसिबीको विजयोत्सव र्याली हुँदा जम्मा भएको भिड नियन्त्रण गर्न प्रहरीलाई पनि गाह्रो भएको थियो । यसले पनि थाहा हुन्छ कि कर्नाटकाका समर्थक आफ्नो टोलीले उपाधि उचालेको हेर्न कति आतुर थिए भनेर । यो केबल आइपिएलको ट्रफीमात्र नभएर एउटा राज्यको प्रतिष्ठासँग जोडिएको थियो ।

यति बेला कर्नाटका विजयोत्सवमा झुमिरहेको छ । सबैले भनिरहेका छन्, अब हामीसँग पनि आइपिएल ट्रफी छ । आदर्श खेलाडी विराट कोहलीसँग पनि आइपिएल ट्रफी छ ।