मंसिर २४, २०८२ बुधबार | १५:२०:४५
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन आइपिएल

आइपिएल २०२५ः को कति सफल ?

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्लुरुले १८ वर्षको लामो खडेरी तोड्दै उपाधि जितेसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ सम्पन्न भइसकेको छ ।

फाइनलमा पञ्जाब किंग्सविरुद्ध ६ रनको साँघुरो जित निकालेपछि बेङ्लुरु पहिलो पटक आइपिएल च्याम्पियन बन्यो । उपाधिसँगै कर्नाटकाको राजधानी बेङ्लुरु हर्षित छ । तर, यही उपाधिपछिको खुशियालीले केही समर्थकको मृत्यु हुँदा यो फ्रेन्चाइज टोलीका मालिक तनावमा पनि छन् । तर, हामी यहाँ उपाधि र उपाधिपछिको खुशीयालीले निम्त्याएको आपतलाई छोड्दै आइपिएलको तथ्यांक र व्यक्तिगत अवार्डलाई हेर्नेछौं ।

सर्वोत्कृष्ट खेलाडी-सूर्यकुमार यादव (मुम्बई इन्डियन्स)

सूर्यकुमार यादव । 

आइपिएल २०२५ मा मुम्बई इन्डियन्सका आक्रामक ब्याटर सूर्यकुमार यादव प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिताका १६ खेलमा कुल ७१७ रन बनाए । जसमा उनले पाँच अर्धशतक प्रहार गरेका थिए ।

यादवले १६८ को स्ट्राइक रेटमा ब्याटिङ गर्दा उनको औषत ६५.१८ को रह्यो । यादवको टोली मुम्बईले प्रतियोगिताको दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

ओरेन्ज क्याप- साई सुदर्शन (गुजरात टाइटन्स)

साई सुदर्शन (दायाँ) लाई ओरेन्ज क्याप प्रदान गरिदै । 

गुजरात टाइटन्सका ओपनर साई सुदर्शनले प्रतियोगिताको ओरेन्ज क्याप जिते । अर्थात भारतीय टोलीका सदस्यसमेत रहेका साई आइपिएल २०२५ मा सबैभन्दा धेरै रन बनाउने ब्याटर बने ।

गुजरातबाट नियमीत ओपनिङमा आएका साईले कुल १५ खेल खेल्दा ७५९ रन बनाए । यसक्रममा उनले एक शतक र ६ अर्धशत बनाए । साईले १५६ को स्ट्राइक रेटमा ब्याटिङ गर्दा औषत करिब ५५ को थियो । साईको टोली गुजरात टाइटन्सले प्रतियोगिताको पहिलो इलिमिनेटरसम्मको यात्रा तय गरेको थियो ।

पर्पल क्याप-प्रसिद्ध कृष्णा (गुजरात टाइन्टस)

प्रसिद्ध कृष्णा ।

आइपिएलको यस संस्करणमा ब्याटिङ र बलिङ दुवैतर्फ गुजरातका खेलाडी हावी रहे । ब्याटिङमा साईले सबैभन्दा धेरै रन बनाउँदा बलिङमा गुजरातकै प्रसिद्ध कृष्णा सबैभन्दा धेरै विकेट लिने बलर बने ।

उत्कृष्ट लयसहित प्रसिद्धले १५ खेलमा २५ विकेट लिएका थिए । यसक्रममा उनले एक खेलमा चार विकेट लिएका थिए ।  प्रसिद्धपछि दोस्रो नम्बरमा चेन्नई सुपर किंग्सका नुर अहमेदले २४ विकेट लिए ।

उदीयमान खेलाडी-साई सुदर्शन (गुजरात टाइटन्स)

गुजरातका साईले आइपिएल २०२५ मा उदीयमान खेलाडीको पुरस्कारसमेत पाउँदा दोहोरो व्यक्तिगत उपाधि पाउने खेलाडी बने । २३ वर्षीय साईकै प्रदर्शनप्रेरित गुजरातले प्रतियोगिताको इलिमिनेटरसम्मको यात्रा तय गरेको थियो ।

वैभव सूर्यवंशीको उदय

वैभव सूर्यवंशी (दायाँ)

आइपिएलको यस संस्करणमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशी चर्चामा रहे । लिग चरणमा गुजरातविरुद्ध शतक बनाएपछि वैभव भारतीय सञ्चार माध्यममाझ चर्चाको केन्द्र बनेका थिए ।

यो चर्चा जायज पनि थियो । कारण, उनले १४ वर्षको उमेरमै बेंगलुरुविरुद्ध १०१ रनको शतकीय इनिङ खेलेका थिए । वैभवले प्रतियोगितामा सात खेल खेल्दा एक शतक र एक अर्धशतकसहित २५२ रन बनाए । यसक्रममा उनको स्ट्राइक रेट २०६ को थियो । उनी यस प्रतियोगितामा सबैभन्दा धेरै स्ट्राइक रेटमा ब्याटिङ गर्ने ब्याटरसमेत बने ।

पुरन सर्वाधिक छक्का हान्ने खेलाडी

निकोलस पुरन (दायाँ) । 

सबैभन्दा धेरै छक्का लखनउ सुपर जायन्ट्सका निकोलस पुरनले प्रहार गरे । प्रतियोगितामा उनको छक्का संख्या ४० थियो ।

यसैगरी गुजरातका साई सुदर्शन सबभन्दा धेरै चौका प्रहार गर्ने खेलाडी बने । उनले प्रतियोगितामा ८८ चौका प्रहार गरेका थिए ।

सबैभन्दा धेरै डट बल गुजरातका मोहम्मद सिराजले फाले । उनले फालेका १५१ बलमा विपक्षी ब्याटरले रन बनाउन सकेका थिएनन् । त्यस्तै चेन्नईले प्रतियोगिताको फेयर प्ले अवार्ड जित्यो ।