चैत्र १, २०८२ आइतबार | २३:३९:००
फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित

उमेश राईलाई धर्मश्रीको उपाधि

काठमाडौं । गोर्खाली फिटनेसका उमेश राईले धर्मश्री शारारिक सुगठन प्रतियोगिताको १७औं संस्करणमा उपाधि जितेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरलतर्फ उमेशले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पारे ।

उपाधिसँगै उनले १२ लाख रुपैयाँ, ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६औं संस्करणका पनि विजेता हुन् । 

धर्मश्रीमा दुई पटक उपाधी चुम्ने उमेश तेश्रो खेलाडी हुन् । यसअघि नरेश महर्जन र सानु गुरुङले दुई पटक उपाधी जितेका थिए ।

उपविजेता ललितले ६ लाख हात पारेका छन् । दाङका माधव सुवेदीले तेस्रो स्थान हासिल गर्दै ३ लाख पाएका  छन् ।

मसल्स एण्ड फिटनेसका अशिमबाबु गुरुङ चौथो, प्लाटिनियमका विनोद सुनुवार पाँचौ तथा नर्भ दी फिटनेसका सिदान्त जसरोटिया छैटौं थानमा रहे । उनलीहरूले क्रमशः २ लाख र १ लाख ८० हजार र ५० हजार रुपैयाँ हात पारे ।  

नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको प्रतियोगितामा उमेश ८० केजीमाथि तथा ललित ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै अन्तिम चरणमा प्रवेश गरेका थिए ।

६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेताले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

६० केजी तौल समूहमा नर्भ दी फिटनेस स्टेसनका सिद्धान्त जसरोटियाले प्रथम स्थान हात पार्दै ओभरअलमा छनोट हुन सफल भए । मेटल फिटनेस कागेश्वरीका किसन दास दिवाकर, बि एन्ड एल फिटनेस स्टेशनका धर्मराज खापुङ, उज्जल जिम भक्तपुरका नरेश दिवाक, ब्यायाम मन्दिरका सुरेन्द्रप्रसाद बर्मा र रत्नश्री जिम पोखराका सुजन थापाले क्रमशः दोस्रोदेखि छैटौं स्थान हासिल गरे ।

यता ६५ केजीमा मिस्का फिटनेस क्लबका माधव सुवेदी, डेयर टु फिट जिमका अजय मलिक, नेपाल ब्यायाम मन्दिरका क्षितिज थापा, कलंकी जिमका मिलन राई, भूमि जिम एन्ड फिटनेसका नवराज दुम्रे र नेपाल ब्यायाम मन्दिरका सुरेश मुनिकार क्रमशः शीर्षदेखि छैटौं स्थानमा रहे ।

७० केजीमा प्रथम स्थानमा मसल एन्ड फिटनेसका असिमबाबु गुरुङ, नेपाल ब्यायाम मन्दिरका आशिष देवा, यु आर फिटनेसका उपेश सापकोटा शीर्ष तीनमा रहे ।

यस्तै टोटल फिजिकल फिटनेसका कविराज कटुवाल, प्लाटिनम फिटनेसका दीपजंग रोकामगर र नेपाल ब्यायाम मन्दिरका अतिश बज्राचार्यले क्रमशः चौथो देखि छैटौं स्थान हासिल गरे ।

७५ केजी तौलको प्लाटिनिम फिटनेसका विनोद सुनार, चितवन फिजिकल फिटनेसका मरिचमान लामा, नेपाल ब्यायाम मन्दिरका मनोष श्रेष्ठ, कोको फिटनेसका पुष्प शंकर, प्लाटिनम फिटनेसका सन्तोष श्रेष्ठ र सुपर फिटनेसका ब्रिखमान गुरुङ क्रमशः पहिलोदेखि छैटौं स्थानमा रहे ।  

त्यसैगरी ८० केजी तौल समूहमा ग्यालेक्सी फिटनेस सेन्टरका ललित धिमालले ब्यायाम मन्दिरका सन्जीव श्रेष्ठलाई पछि पार्दै शीर्ष स्थान हासिल गरे । 

ब्यायाम मन्दिरकै आदित्य ठाकुर, फिटनेसका अनिष थापा, मत्स्य नारायणका विक्रम गोपाली र आइइरन जिमका शिशिर थापामगर क्रमशः तेस्रोदेखि छैटौं स्थानमा रहे ।

त्यसैगरी ८० केजी माथिकमा गोर्खाली फिटनेसका उमेश राई, ब्यायाम मन्दिरका गे्रस महर्जन, ब्यायाम मन्दिरकै सुवास श्रेष्ठ, इगल फिटनेस एन्ड जिमका रमशरण महर्जन, पावर फिजिकल फिटनेसका सागर श्रेष्ठ शीर्ष पाँचामा रहन सफल भए ।

तौल समुहमा दोस्रो देखि छैटौं स्थान हासिल गर्नेल क्रमशः ५०, ४०, ३०, २० र १५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।

महिला बडी बिल्डिङतर्फकाे च्याम्पियन तारा खाइजु । 

यता महिला बडी बिल्डिङ खुलातर्फको प्रतिस्पर्धामा भक्तपुर डिस्पिराडोकी तारा खाइजु च्याम्पियन बनिन् । कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे, डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठ, प्लाटिनम फिटनेसकी सोफिला शाह कार्की, डिभाइन फिजिकलकै शिला ठकुरी र पाटन फिटनेसकी रिपु घर्ती दोस्रोदेखि पाँचौं स्थानमा रहे । 

मास्टर्स खुलातर्फ नेपाल ब्यायाम मन्दिरका किशोर शाहीले प्रथम स्थान हासिल गरे । त्यस्तै काठमाडौं जिमका राजकुमार शाही, नेपाल ब्यायाम मन्दिरकै कृष्णसिंह शाही, फिटनेस फयाक्ट्रिका खिमलाल पुन, नेपाल ब्यायाम मन्दिरका सुरज श्रेष्ठ रराजकुमार राई दोस्रो देखि छैटौं स्थान हासिल गर्न सफल भएका छन् । 

पुरुष स्पोटर्स फिजिक १७० मुनिमा पावर फिजिकल फिटनेसका आकाश श्रेष्ठ, एनवाइएफसीका निरल थापा, त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो, गोल्ड्स जिमका श्रीजन महर्जन, एनआरके फिटनेशका रोहित थापा र आइरन पाराडाइज फिटनेसका ज्ञानेश्वर चौधरी शीर्ष ६ मा रहे ।  

त्यसैगरी १७० सेमीमाथिकोमा गोल्ड्स जिमका रमन तुलाधरले प्रथम स्थान हासिल गरे । त्यस्तै, आरएनएफसीका नुर बहादुर कुँवर, नेपाल ब्यायाम मन्दिरका शिवकुमार सिंह, मसल्स एन्ड फिटनेसका औतार श्रेष्ठ, एक्सपोज जिमका पुकार शाक्य र फिट टु फिटनेसका लक्ष्मीदत्त पन्तले क्रमशः दोस्रोदेखि छैटौं स्थानमा हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी पिएल सिंह मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले २ लाख र उपविजेताले  १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रोदेखि छैटौं स्थानमा रहनेले क्रमशः ७०, ५०,४० र ३० हजार रुपैयाँ हात पारेका छन् । ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले १ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै दोस्रोदेखि छैटौं स्थानमा रहनेले क्रमशः ५०, ३०, २५, १५ र १० हजार रुपैयाँ पाएका छन् ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||