चैत्र २७, २०८१ बुधबार | १९:५८:१९
लुम्बिनी कपको विजेतालाई ५ लाख ब्रिगेड ब्वाइजको जितमा विजयको निर्णायक गोल गोर्खाली रग्बी क्लबकाे विजयी सुरुआत अन्तिम खेलमा नेपाल विजयी झापाको रोमाञ्चक जित पोखरा एथलेटिक्स मिटलाई दक्षिण एसियाली च्याम्पियनसिप छनोटको मान्यता गुजरातलाई शीर्षस्थानमा उक्लिने अवसर धनगढीलाई पोखराको चुनौती नेपालको सुखद सुरुआत फिफ्टिन्स रग्बी च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा गोर्खाली र एपिएफ भिड्ने लुम्बिनी कपको विजेतालाई ५ लाख ब्रिगेड ब्वाइजको जितमा विजयको निर्णायक गोल गोर्खाली रग्बी क्लबकाे विजयी सुरुआत अन्तिम खेलमा नेपाल विजयी झापाको रोमाञ्चक जित पोखरा एथलेटिक्स मिटलाई दक्षिण एसियाली च्याम्पियनसिप छनोटको मान्यता गुजरातलाई शीर्षस्थानमा उक्लिने अवसर धनगढीलाई पोखराको चुनौती नेपालको सुखद सुरुआत फिफ्टिन्स रग्बी च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा गोर्खाली र एपिएफ भिड्ने

गोर्खाली रग्बी सेभेन्सः सेमिफाइनल समीकरण पूरा

आर्मी र एपिएफ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

चितवन । प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  शुक्रबार पहिलो दिनको खेल समाप्तीसँगै आयोजक गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एपिएफले अन्तिम चारको यात्रा तय गरे ।

भरतपुरको कृष्णपुर खेल मैदानमा जारी प्रतियोगितामा लुम्विनी, मधेश प्रदेश र गण्डकी प्रदेश लिग चरणबाटै बाहिरिए ।

समूह ‘ए’ बाट गोर्खाली विजेता र कर्णाली उपविजेताका रूपमा अगाडि बढे । गोर्खालीले गण्डकी प्रदेशलाई २२-० तथा कर्णाली प्रदेशलाई २२-७ स्कोरले पराजित गरेको थियो । कर्णालीले भने गण्डकी प्रदेशलाई २६-५ स्कोरले हराएको थियो ।

यस्तै समुह ‘बी’ बाट त्रिभुवन आर्मी विजेता र एपिएफ उपविजेताका रूपमा अगाडि बढे ।

आर्मीले एपिएफलाई ३४-५ तथा लुम्विनी र मधेश प्रदेशलाई समान  ४३-० स्कोरले पराजित गरेको थियो । एपिएफले भने मधेश प्रदेशलाई २४-५  तथा लुम्विनी प्रदेशलाई ४५-० ले निरास बनायो ।

यस्तै मधेश प्रदेशले लुम्विनी प्रदेशलाई २४-७ ले पराजित गर्दा लुम्विनीले भने लिगको तीनवटै खेल गुमाएको थियो ।

अब शनिबार हुने सेमिफाइनलमा गोर्खालीले एपिएफ र आर्मीले कर्णालीको सामना गर्नेछन् ।  उपाधि भिडन्त पनि शनिबारै हुनेछ।

यसअघि प्रतियोगिताको बाग्मती प्रदेशका सासद इैश्वर सापकोटा ‘सुमन’ ले ट्रफी अनावरण गर्दै उद्घाटन गरेका थिए ।

प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली रग्बी प्रतियोगितामा राखिएको यो अहिले सम्मकै सर्वाधिक पुरस्कार राशी भएको आयोजकले जनाएको छ ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL