वैशाख ५, २०८२ शुक्रबार | ०६:२९:४६
लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा

लुम्बिनी कपको विजेतालाई ५ लाख

नेपालगन्ज । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टिमको सहभागिता रहने भएको छ ।

आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । 

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने कार्यकारी निर्देशक शाहले जानकारी दिए । नेपालगन्ज रंगशालामा आगामी बैशाख ५ गतेदेखी १२ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १ हजार ५०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । साथै विद्यार्थीको लागि सहुलियत रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएको छन् । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए  । 

कार्यक्रममा प्रतियोगिता प्रचार प्रसार उपसमिति संयोजक निरज गौतम, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, अखिल नेपाल फुटबल संघका निर्वतमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायसँग सम्झौता पत्र आदान–प्रदान गरिएको थियो । जसअनुसार टिकट पार्टनर इसेवा नेपालगन्ज शाखाका म्यानेजर महेन्द्र रानालाई सचिवालय प्रमुख रमेश मल्लले सम्झौता पत्र हस्तान्तरण गरे । हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेसका संचालक दुर्गा नाथ अर्याललाई प्रतियोगिता समन्वय तथा परीचालन उपसमिति संयोजक तेजविक्रम शाह तथा अफिसियल फिजियो पार्टनर मनमाया मेमोरियल फिजियोथेरापि सेन्टरका डाक्टर खेमा भण्डारीलाई प्रतियोगिताका पब्लिक रिलेसन म्यानेजर चाहना शाहले सम्झौता पत्र हस्तान्तरण गरे ।  

यस्तै सेक्युरिटी पार्टनर रक्षक सेक्युरिटीका सुपरभाइजर निम खत्रीलाई प्रतियोगिताका उपसमिति संयोजक निरज गौतमले, प्रत्यक्ष प्रसारणको लागि खेलाडी डटकम  लुम्बिनी प्रदेश ब्युरो प्रमुख कमल खत्रीलाई राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य विनोद मैनालीले सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders