वैशाख ५, २०८२ शुक्रबार | ०३:२२:२७
लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा

नेपालको सुखद सुरुआत

काठमाडौं । नेपालले चार देशिय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ ।

नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो ।

कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ८१ तथा तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरेका थिए ।

कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिए ।

त्यसअघिटस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पार्यो ।

कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी शहजाद जामिलले ३१, मुजिब उर रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

अब नेपालले बिहीबार कुवेतको सामना गर्नेछ । 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders