कार्तिक ८, २०८२ शनिबार | २२:४६:२१
मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध

पोखरा एथलेटिक्स मिटलाई दक्षिण एसियाली च्याम्पियनसिप छनोटको मान्यता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा पहिलो पटक पोखरामा हुने राष्ट्रिय एथलेटिक्स प्रतियोगिता पोखरा एथलेटिक्स मिट २०२५ को तयारी पुरा भएको छ ।

संघले बुधबार एक पत्रकार सम्मेलन गरी यहि चैत्र २९ र ३० गते पोखरा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो । प्रतियोगितालाई भारतको चेन्नईमा हुने दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिपकाे छनोटका रूपमा मान्यता दिइएको छ ।

‘साउथ एसियन च्याम्पियनसिप’ छनोटको मान्यता पाएसँगै प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको संख्या समेत बढेको कास्की एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा महिला र पुरूष गरि २४० जनाले सहभागिता जनाउने छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा  तीन विभागीय टोली र सात प्रदेशका खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गजबहादुर गुरूङले बताए ।

प्रतियोगितामा ट्रयाक एण्ड फिल्डका १२ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा पुरुष र महिला दुबै इभेन्टतर्फ १००, २०० , ४०० मिटर, १ जार ५०० मिटर र ५ हजार मिटर तथा ४ गुणा १०० रिले दौड समावेश छ । यस्तै फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिन थ्रोमा प्रतिस्पर्धा हुनेछन् । 

प्रतियोगितामा विजेताले ५, ३ र २ हजार रुपैयाँका साथै मेडल तथा ट्रफी पाउने छन् । उत्कृष्ट एक महिला तथा पुरुष खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा खेलाडी उत्पादन गर्ने उदेश्यले कास्की जिल्लाका विद्यालयस्तरको (१२ देखि १६ वर्ष मुनीको) १०० मिटर दौड समेत समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain