श्रावण १५, २०८२ बिहीबार | १०:२१:१७
म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ

दीपक, तुलसा र रतन नेपाल ओलम्पिक कमिटीको मानार्थ उपाध्यक्ष

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको कार्यसमिति बैठकले तीन मानार्थ उपाध्यक्ष मनोनयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठको  अध्यक्षतामा  आइतबार सम्पन्न पहिलो कार्यसमिति बैठकले जुडो संघका दिपकहर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष श्री तुलसी थापा र नेपाल भारोत्तोलन संघका निर्वतमान अध्यक्ष रतनकुमार टन्डनलाई ओलम्पिक कमिटीको विद्यान अनुसार मानार्थ उपाध्यक्षमा मनोनयन गर्यो ।

यसैगरी बैठकबाट कुनै पनि अड्डा अदालतमा कानुनी काम कार्वाही गर्न उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको छ ।

शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २०मध्ये २० भोट नै जीवन श्रेष्ठले प्राप्त गरेका थिए । श्रेष्ठका प्रतिस्पर्धी वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले कुनै मत प्राप्त गरेनन् ।

विवादास्पद चुनावबाट टेनिस संघकी अध्यक्ष ज्योती राणा, पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, सुटिङकाकराँतेको दावा गुरुङ र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपती उपाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित भए ।त्यस्तै सह–महासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घलेतथा सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनकारामकृष्ण श्रेष्ठ (बोस) पनि निर्विरोध चुनिए ।

यता सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भए ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081