श्रावण १५, २०८२ बिहीबार | १०:२०:३३
म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ

एनओसी चुनावः जीवनराम तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित

काठमाडौं। जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालको लागि नेपाल ओलम्पिक कमिटी(एनओसी) को अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० भोट मध्ये २० भोट  नै श्रेष्ठले प्राप्त गरे । सात सदस्य भने मतदानमा सहभागी भएनन् ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधि पनि अनलाइनबाट जोडिएको उपाध्यक्षगोपाल सुन्दर कक्षपतिले जनाए ।

सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेका कारण चुनाव अनलाइन माध्यमबाट गरिएको एनओसी नेतृत्वले जनाएको छ । अदालतले स्टे अर्डर जारी गरेका कारण प्रहरीलेहस्तक्षेप गरेपछि सोमबार उम्मेदवारी दर्ता प्रकृया पनि अनलाइन माध्यमबाटै गरिएको थियो ।

दुई कार्यकाल महासचिव तथा दुई कार्यकाल अध्यक्षका रुपमा नेतृत्वमा रहिसकेका श्रेष्ठएनओसीको मूल नेतृत्वलाई चयन भएको यो लगातार तेस्रो पटक हो ।

श्रेष्ठ आफैले बनाएको एनओसीको विधान तथा उनकै नेतृत्वमा संसदले बनाएको राष्ट्रिय खेलकुद विकास ऐनअनुसार कुनै पनि व्यक्ति अध्यक्ष र महासचिव पदमा दुईभन्दा बढि कार्यकाल रहन नपाउने व्यवस्था थियो ।

तर श्रेष्ठले पाटन उच्च अदालतको साधारणसभा नगर्नु भन्ने स्टे अर्डरका बावजुद गत मंसिर १७ गते जबरजस्ती विशेष साधारणसभा गर्दै विधान संशोधन गरेर आफू फेरि एनओसीको अध्यक्ष बन्न पाउने बाटो खोलेका थिए ।

श्रेष्ठका प्रतिस्पर्धी वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले कुनै मत प्राप्त गरेनन् ।

विवादास्पद चुनावबाट टेनिस संघकी अध्यक्ष ज्योती राणा, पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, सुटिङकाकराँतेको दावा गुरुङ र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपती उपाध्यक्षमा निर्विरोध चयनभएका छन् ।

महासचिवमा नेपाल र्‍याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित भए ।त्यस्तै सह-महासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घलेतथा सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनकारामकृष्ण श्रेष्ठ (बोस) पनि निर्विरोध चुनिएका छन् ।

यता सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भए ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081