काठमाडौं । प्याट्रिओटिक पन चेस च्याम्पियनसिपको ब्वाइजमा शुभाङ्ग प्रधान, शौमिल चित्रकार, प्रसित खनाल र प्रवीर केसी उपाधि जितेका छन् ।
संविधान दिवसको अवसरमा हिमालयन चेस एकेडेमीले बिहीबार आयोजना गरेको प्रतियोगितामा ४९ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा यु-७, यु-९ यु-११ र यु-१३ विधा समावेश थियो ।
ब्वाइज यु-७ मा शुभाङ्ग प्रधान पहिलो र सयश बस्नेत दोस्रो स्थानमा रहे । बराबरी अंक भए पनि ट्राइब्रेकर नियम अनुसार शुभाङ्गले बाजी मारे । अवन महर्जन तेस्रो स्थान हासिल गरे ।
यु-९ ब्वाइजमा शौमिल चित्रकार पहिलो र एल्विक अधिकारी दोस्रो स्थामा हासिल गरे । बराबरी अंक भए पनि ट्राइब्रेकर नियम अनुसार शौमिल अगाडि रहे । उत्कर्ष गिरी तेस्रो भए ।
यु-११ ब्वाइजमा प्रसित खनाल, सात्विकमान तुलाधर र लियोन महर्जन शीर्ष तीनमा रहे ।
ब्वाइज यु-१३मा प्रवीर केसी पहिलो, निश्चल रिमाल दोस्रो र तपस तामाङ तेस्रो स्थानमा रहे ।
गर्ल्स यु-७ मा रुब्रेश्री चौलागाईं, आहाना शाह र शुभानी पण्डित शीर्ष तीनमा रहे ।
यु-९ गर्ल्समा अग्रता आचार्यले पहिलो, अमिषा कोइरालाले दोस्रो र प्रियंशा प्रधानले तेस्रो स्थान हासिल गरे ।
गर्ल्स यु-११ मा विधामा निहाना श्रेष्ठ, प्रथम, नयुमा मगर दोस्रो र डोमा तामाङ तेस्रो भए।
यु-१३ गर्ल्समा एन्जल महर्जनले उपाधि जितिन् भने क्रिष्टि रिजाल उपविजेता भइन् ।
विजेतालाई प्रमुख अतिथि अल एन्जलस नेपालकी अध्यक्ष अमिषा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खाम्बुले मेडल, इ-प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।