माघ १८, २०८२ आइतबार | १२:३०:११
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सरकारले खेलाडी र प्रशिक्षकबाहेक अन्यको खर्च नबेहोर्ने

फाइल तस्विर

काठमाडौं । सरकारले पेरिस ओलम्पिकमा  सहभागी खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको खर्च नबेहोर्ने भएको छ।

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको हकमा सरकारको स्रोतबाट कुनै पनि खर्च नब्यहोर्ने निर्णय भएको जानकारी दिए ।

नेपालबाट सात खेलाडीसहित २९ सदस्यीय टोली पेरिस ओलम्पिकमा पुगेको छ। टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह तथा डुवाना लामा, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले सहभागिता जनाएका छन् । सन्तोषीबाहेक अन्य खेलाडी पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगस्ट ११ मा हुनेछ। राजेन्द्र कपाली टेबलटेनिस, देवु थापा जुडो, नयना शाक्य पौडी र कान्तिकुमारी महतो एथलेटिक्सका प्रशिक्षक हुन्।

अफिसियलको रूपमा नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोकरत्न बज्राचार्य, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ, टेबलटेनिस संघका अध्यक्ष ज्योति राणा, रेस्लिङसंघका अध्यक्ष प्रकाशकुमार कुसारी तथा नेपाल ओलम्पिक कमिटीका सहसचिव पीताम्बर तिम्सिना पेरिस पुगेका छन्।

यसैगरी अफिसियल भन्दै राखेपका आर्थिक प्रशासन शाखा प्रमुख रिखीराम पोखरेल, नविसमानसिंह प्रधान (डाक्टर), खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेप सदस्यसचिव टंकलाल घिसिङ (सेभ दि मिसन) पनि पेरिस पुगेका थिए ।

उनीहरूबाहेक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, सदस्य रमेश सिवाकोटी र पृथ्वीबहादुर पाण्डे अतिथिको रूपमा पेरिसमा छन्।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।