चैत्र १०, २०८२ मंगलबार | ००:२७:०१
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

‘नेपाली खेलकुद ‘ठेकेदार’ हरूको पेवा होइन, सबैभन्दा बढी हक गोपीचन्द्रहरूकै लाग्छ’ 

दीपेन्द्र भट्ट

युरोपियन च्याम्पियनसिप र कोपा अमेरिकाको रोमाञ्चका कारण पूरा विश्वको माहोल फुटबलमय थियो । यता धावक गोपीचन्द्र पार्की प्रकरणले नेपाली खेलकुदमा चिया गफको तातो विषय बनेको टोकियो ओलम्पिकको चर्चा पनि सेलाइसकेको छ । नेपाली खेलकुदको समस्या नै यही हो, विषय जति गम्भीर भए पनि त्यसको चासो र चर्चा लामो समय टिक्दैन । सञ्चारमाध्यम, अन्य सरोकारवाला र समर्थकहरू माहोल तताउन सधैँ नयाँ विषयको खोजीमा सधैं तत्पर भइरहन्छन् । 

नेपालगन्जमा ओलम्पिक छनोटको नाममा भएको प्रतियोगिता जितेर गोपीचन्द्रले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै दौडने अधिकारप्राप्त गरेका थिए । तर सधैंझै नेपाली खेलकुदमा खेलाडी र खेलभावना प्राथमिकताको सूचीमा अगाडि नपर्दा गोपीचन्द्रको ओलम्पिक तयारी निरर्थक भयो । ओलम्पियन खेलाडी बन्ने सपना चकनाचुर भयो । प्रतिस्पर्धामा विजय हासिल गरेर प्राप्त गरेको अधिकार पनि उनीबाट खोसियो । 

गल्ती कसको हो, गोपीचन्द्रलाई थाहा छैन । तर टोकियोको सडकमा दौडिएर नेपाली एथलेटिक्सका महान् हस्ती वैकुण्ठ मानन्धरको नाममा रहेको २ घण्टा १५ मिनेटको दक्षिण एसियाली खेलकुद (साग) को कीर्तिमान तोड्ने लक्ष्य अधुरो रहेको पीडा उनीसँग अझै कायम छ । ओलम्पिकमा दौड्ने लक्ष्य प्राप्तिका लागि दिनरात नभनी नेपालगन्ज म्याराथनलाई गरेको तयारी काम लागेन भन्ने जानकारी छ । सम्पूर्ण खेलजगतले गोपीचन्द्र प्रकरण बिर्सिइसके पनि उनको भने मुटुमा खिल बनेर अड्किइरहेको छ । 

नेपालगन्जमा उपाधि जित्नेबित्तिकै नेपाल ओलम्पिक कमिटीका अध्यक्षबाट पदक भिर्दा मनाएको खुसीले गोपीचन्द्रलाई बिझ्न थालेको महिना दिन कटिसक्यो । ओलम्पिक कमिटी र एथलेटिक्स संघका अध्यक्षले ओलम्पिकका लागि छनोट भएको बधाई दिँदै राम्रो तयारी गर्न दिएको निर्देशनले उनलाई खिल्ली उडाउन थालेको पनि धेरै भइसक्यो ।  

ओलम्पिकमा खेल्न नपाउने घोषणा भएलगत्तै राष्टिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका ठुल्ठूला पदाधिकारीहरूले दिएको बधाई र शुभकामना गोपीचन्द्रको कानमा निकै कर्कस आवाजका साथ गुन्जन थालेको छ । नेपालगन्जमा टोकियो ओलम्पिकलाई छानिएको घोषणा भएकै दिनदेखि दिनरात नभनी ऋण गरेर भए पनि नियमित रूपमा गरेको तयारीले उनलाई पोलिरहेकै छ । समयले महिनौं दिन कटिसके पनि अझैसम्म उनलाई रातमा निद्रा आउन मान्दैन । भोक लाग्ने अवस्थामा त उनी यसै पनि फर्किन सकेका छैनन् ।

एउटा लक्ष्य प्राप्तिका लागि गरेको कठिन मिहिनेत गोपीचन्द्रलाई थाहा छ । त्यो लक्ष्य हासिल गर्दाको खुसी र उत्साह उनलाई थाहा छ । एउटा खुट्किलो सफलतापूर्वक चढेपछि अर्को खुट्किलो चढ्न थप उर्जासाथ गरेको तयारी उनलाई थाहा नहुने प्रश्नै भएन । उनलाई थाहा छैन त केवल आफूले प्रतिस्पर्धाबाट हासिल गरेको सफलता पनि नियतिले कसरी खोस्न सक्यो ? भन्ने हो ।

उनीबाट नेपालगन्ज म्याराथनमार्फत प्राप्त अधिकार खोसिइसकेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, नेपाल ओलम्पिक कमिटी, राष्टिय खेलकुद परिषद, नेपाल एथलेटिक्स संघजस्ता ठूला नामहरूको संलग्नतामा उनको अधिकार खोसिएको साँचो हो । यो पनि थाहा छ ।

तर, खोसियो कसरी त ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ उनले पाउने सकेको छैन । थाहा पाउने चाहना पनि छैन । उनको सपना जो चुडिँइसकेको छ । अब थाहा पाएर के गर्नु र ? गल्ती गर्नेको नाम थाहा पाएर उनले टोकियो ओलम्पिकमा दौडिन पाउने होइन क्यारे ! 

त्यसैले होला नेपाली खेलकुदका ‘ठेकेदार’हरूको चर्तिकलाबाट विरक्तिएका गोपीचन्द्र भन्छन्, ‘कसैलाई कारबाही होस् भनेर पनि म भन्दिनँ । मेरो सपना त तोडिसक्यो । अब मेरा लागि यस्ता कुराको कुनै अर्थ छैन ।’

त्यसो त गोपीचन्द्रले चाहे पनि नेपाली खेलकुद र यसका ठेकेदारहरूले नचाहेसम्म केही हुने छैन । किनकि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलगायतका नेपाली खेलकुदको नियमनकारी निकायका रूपमा धाक लगाइरहेका संस्थाले अहिलेसम्म यति गम्भीर विषयमा छानबिनको औपचारिकतासमेत पूरा गर्न आवश्यक ठानेको छैन । 

म आफैं पनि खेलकुदका प्रशासनिक विषयमा धेरै जानकार छैन । गोपीचन्द्र टोकियोमा सहभागिता जनाउने अधिकारबाट वञ्चित हुनाको कारण मलाई पनि थाहा छैन । तर उमेर हुँदा स्कुल, कलेज र नगरस्तरमा खेल्ने गरेकाले म एउटा खेलाडीको भावना राम्ररी बुझ्न सक्छु । अहिले गोपीचन्द्र कुन मनोदशा भोगिरहेका होलान् भन्ने म अनुमान गर्न सक्छु । त्यसैले सबैले बिर्सिए पनि यो विषयले मलाई भने अझैसम्म सताइरहेकै छ ।

मेरो परिचय एउटा व्यवसायी र पत्रकारमात्र होइन, नेपाली खेलकुदलाई नजिकबाट पछ्याउने एउटा प्रशंसक पनि हुँ । गोपीचन्द्रलाई जस्तै मलाई पनि थाहा छैन, दोष कसको हो भनेर । तर यो थाहा पाउने मेरो अधिकार हो । गोपीचन्द्र र ममात्र नभई सम्पूर्ण नेपाली प्रशंसकलाई यस्तो अवस्था किन आउँछ भन्ने थाहा दिइनुपर्छ । 

खेलाडीले गल्ती गरे मैदानभित्र र बाहिर सबैतिर सजाय पाउने व्यवस्था हुन्छ । खेलाडीहरूले नियत नराखीकन गरेका गल्तीमा पनि सजाय पाइरहेका छन् । तर पदाधिकारीले यति ठूलो गल्ती गर्दा पनि सजाय नपाउने भन्ने कदापि हुन सक्दैन । नेपाली खेलकुद एथलेटिक्स संघ, ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद तथा त्यहाँका प्रशासकहरूको पेवा होइन । यो हामी सबै नेपालीको सम्पत्ति हो । यसमा सबैभन्दा बढी हक कसैको लाग्छ भने गोपीचन्द्रजस्ता खेलाडीको लाग्छ । तर नेपालमा गोपीहरू प्राथमिकतामा कहिल्यै परेनन् । यहाँ त जीवनराम श्रेष्ठहरूको राज छ । राजीवविक्रम शाह र रमेश सिलवालहरूको हुकुम चल्छ ।

देश राजतन्त्रको संकीर्णता त्याग्दै गणतन्त्रको मूलधारमा बग्न थालेको धेरै भइसक्यो । तर खेलकुदले भने अझै पनि हुकुमीतन्त्रको साँघुरो घेरा चिर्न सकेको छैन । देशलाई प्रतिनिधित्व गर्न महिनौंदेखि रगतपसिना बगाइरहेको एक खेलाडीमाथि यत्ति ठूलो अन्याय हुन्छ । अनि एथलेटिक्स संघ, ओलम्पिक कमिटी र खेलकुद परिषदजस्ता सबै नियमनकारी निकायका प्रमुख अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघलाई दोष थोपर्दै आफू पानीमाथिको ओभानो भएर संयुक्त विज्ञप्ति जारी गर्छन् । अनि च्याप्टर क्लोज हुन्छ ।

देशमा साँच्चिकै गणतन्त्र आएकै हो भने खेलकुद पनि नियमसंगत रूपमा चल्नुपर्छ । खेलकुदमा विधिको शासनको पक्षमा वकालत गर्ने हो भने नयाँ पुस्तालाई खेलकुदमा आउनबाट लगाइएको पर्खाल भत्काउनुपर्छ । खेलकुदमा खेलाडी प्रधान हुन्छन् भन्ने मान्यता स्थापित गर्ने अनि खेलकुद राजनीतिक दलालीको उर्वरभूमि होइन भन्ने प्रमाणित गर्ने हो भने अब किञ्चित् ढिलो गर्नुहुन्न ।

कुनै पनि असल कामको सुरूआत गर्न कहिल्यै ढिलो हुँदैन । नेपाली खेलकुदलाई पनि कुशासन र भ्रष्टाचारको दलदलबाट निकाल्ने, राष्ट्रिय गौरव र समृद्धिको आधारका रूपमा खेलकुद स्थापित गर्ने, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपाली झन्डाको गौरवमय उपस्थिति ग्यारेन्टी गर्ने हो भने थालनी यहींबाट गर्नुपर्छ ।

अर्थात्, गोपीचन्द्र पार्की प्रकरण खेलकुद शुद्धीकरणको प्रस्थानबिन्दु बन्न सक्नुपर्छ । यो घटनामा नेपाली खेलकुदका ठूला नाम नै दोषी छन् भन्ने अनुमान संयुक्त विज्ञप्तिबाट सहजै गर्न सकिन्छ । त्यसैले राष्ट्रको उच्च तहबाटै एउटा शक्तिशाली आयोग बनाएर छानबिन गरी दोषीलाई आजीवन खेलकुदमा लाग्न नपाउने गरी कडा कारबाही गर्नुपर्छ ।

यी कुनै भावनामा बगेर लेखिएका शब्दहरू होइनन् । यी त लामो समयदेखि यही क्षेत्रसँग निकट रहनेक्रममा हजारौं नेपाली खेलाडी र खेलकर्मीसँग विभिन्न औपचारिक र अनौपचारिक कुराकानीमा उनीहरूबाट व्यक्त भएका भावना एउटा खेलाडी मनको पत्रकार/प्रशंसकले प्रस्तुतमात्र गरेको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो