काठमाडौं । अन्तिम समयमा सम्हिालिन नसक्दा लिभरपुलले इंङ्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेसँग ३–३ को बराबरी खेल्दै अंक बाँडेको छ ।
यो नतिजासँगै १५ खेलमा २३ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ । लिड्स समान खेलबाट १५ अंकका साथ १६औं स्थानमा छ ।
एलान रोड रंगशालामा पाहुना टोली लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई तथा डोमिनिक स्जोबोसजलाईले एक गोल गरे । लिड्सका लागि डोमिनिक क्याल्भर्ट-लेविन, एन्टोन स्ट्याच र एओ तनाका समान एक गोल गरे ।
खेलको ४८ र ५०औं मिनेटमा एकिटिकेले गोल गर्दै लिभरपुललाई २-० ले अगाडि बढाएका थिए ।
लेविनले ७३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा खेल २-१ को स्थितीमा आयो । दुई मिनेटपछि नै स्ट्याचले लिड्सलाई २-२ को बराबरीमा ल्याए ।
स्जोबोसजलाईले ८०औं मिनेटमा लिभरपुलकाे अग्रता ३-२ मा पुर्याए । तर अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो ।
इन्जुरी समयमा तानकाले गोल गर्दै लिभरपुलबाट अंक खोसे ।
शनिबारै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले आर्सनल तथा न्युक्यास युनाइटेडले बर्नेलिलाई २-१, एभरटनले नटिङघम फरेस्ट तथा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० र टोटनहमले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरे । यसैगरी, चेल्सी र बर्नमाउथ गोलरहित बराबरीमा रोकिए ।
