पुस २, २०८२ बिहीबार | ०५:३७:१५
एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै

खेलकुदमैत्री बन्दै प्यारागन

काठमाडौं । विद्यार्थीलाई पढाईमा मात्र नभएर खेलमा पनि उत्तिकै सकृय बनाउने उद्देश्यका साथ पिंगलास्थानस्थित प्यारागन पब्लिक विद्यालयले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै खेलकुदमैत्री विद्यालय बनाएको छ ।

शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको प्यारागन विद्यालयले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारा आत्मसाथ गर्दै आएको छ । 

खेलकुद जीवनको अभिन्न अंग भएकाले विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा मजबुत  बनाउन विभिन्न खेलकुद गतिबिधी संचालन गर्दैै आएको छ । त्यसका लागि विद्यालयले पूर्व तथा वर्तमान राष्ट्रिय खेलाडीलाई विभिन्न खेलको प्रशिक्षकमा नियुत्त गर्दै विद्यार्धीहरुलाई निरन्तर प्रशिक्षण गराइरहेको छ ।

हालै विद्यालयले खेलकुद विभाग प्रमुखको रुपमा नियुक्त भएका १३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्णधारी खेलाडी मन्देकाजी श्रेष्ठ भन्छन्, ‘खेलाडीमात्र उत्पादन गरौ भन्ने मुख्य उद्देश्य हैन । विद्यार्थीहरु पढ्दा–पढ्दा थाकेका हुन्छन्, त्यसैले खेलकुदमा उनीहरुको ध्यान केन्द्रित गराउने, सकृय बनाउने पनि उद्देश्य हो । खेलकुदमा रमाइलो हुन्छ स्वाथ्य राम्रो हुन्छ ।’

मन्देकाजीका साथै यस विद्यालयमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की करातेकी स्वर्णधारी अनु अधिकारी, कुशल श्रेष्ठ, टेबलटेनिसका राष्ट्रिय खेलाडी नवीन सिंह तथा अन्य राष्ट्रिय खेलाडीहरुले दैनिक रुपमा विद्यार्थीहरुलाई प्रशिक्षण गराउँदै आएका छन् ।

झन्डै तीन दशक देखि सञ्चालनमा आएको यस विद्यालयकी प्रधानाध्यापक बिना भानु र कार्यकारी निर्देशक शाकिर उदिनले सम्पूर्ण खेलको विद्यालयमै व्यवस्थित मैदान तथा कोर्टहरु निमार्ण गरिएको जनाए ।

यहाँ फुटसल मैदान, कराँते हल, ब्याटमिन्टन, टेबलटेनिस तथा बास्केटबल कोर्ट छन् । जहाँ विद्यालयले छुट्याइ दिएको समयमा विद्यार्थीको इच्छाअनुसार फरक–फरक प्रशिक्षकबाट प्रशिक्षण लिने गर्दछन् ।

विद्यालयभित्र विभिन्न खेल गतिविधि हुनुका साथै प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको विद्यालय खेल विभागका प्रमुख मन्देकाजी बताउँछन् ।

‘हरेक वर्ष प्यारागन विद्यालयले राष्ट्रिय स्तरको म्याराथन गर्नुका साथै विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको छ । तर पछिल्लो दुई वर्ष कोभिड १९ महामारीका कारण गर्न सकेन । अब चाँडै प्रतियोगिता गर्ने योजना बनाएको छ । हामीले हरेक प्रतियोगितामा सहभागीता जनाउँदै आएका छौ र पदक पनि जितेका छौ,’ उनले भने ।

आफ्ना खेलाडीमा थप उत्प्रेरणा जगाउन तथा नेपालको वर्षभरीको एक उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कारसहित सम्मान गर्ने गरेको खेलकुद विभागका प्रमुख मन्देकाजीले बताए ।

विद्यालले खेलकुदसँगै अन्य क्रियाकलापमा पनि उत्तिकै महत्वका साथ अघि बढाइरहेको पाइन्छ । यस विद्यालयले आफ्नो संगित विभाग प्रमुखको रुपमा चर्चित गायिका कुन्ती मोक्तानलाई राखेको छ ।

मन्देकाजी भन्छन्, ‘विशेष लगानीका साथ प्यारागन स्कुलले खेलकुदमा योगदान गरिरहेको छ । स्कुलको खाली समयमा खेलाएर उत्कृष्ट खेलाडी त बनाउन सकिदैन तर मद्दत भने अवश्य पुग्छ । साथै विद्यार्थीको मानसिक स्थिति ताजा बनाउन र उनीहरुको स्वाथ्य राम्रो बनाउन सकिन्छ ।’

ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने योजना सरकारले बनाएपनि निजी विद्यालयले यसमा धेरै सहयोग पु¥याएको मन्देकाजी बताउँछन् ।

‘विद्यालयस्तरबाटै खेलकुदलाई विकास गरौं भन्ने सरकारको उद्देश्य छ तर गर्न सकेको छैन । त्यसैले निजी विद्यालयले खेलकुदमा केही गर्नुपर्छ भनेर खेलकुद गतिविधीलाई अगाडि बढाइरहेको छ । यसले गर्दा धेरै राम्रा खेलाडीहरु उत्पादन हुन्छन्,’ मन्देकाजीले खेलाडीसँग भने ।

खेलकुदमा नेपाली खेलाडीले एकपछि अर्काे सफलता हात पारिरहेको अवस्थामा सरकारले ग्रासरुटको योजना बनाएपनि हालसम्म लागू गर्न सकेको छैन । तर विद्यालयस्तरबाट भने यस योजनाको पहिलो पाइला चलिसकेको छ । जसमध्ये प्यारागन विद्यालय पनि पर्छ । 
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team