फाल्गुन १३, २०८२ बुधबार | ०३:४८:३८
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा

चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित

चितवन । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, साग स्वर्णधारी दीपक श्रेष्ठ र हाङचाउ एसियाली खेलकुदमा देशलाई ऐतिहासिक रजत पदक दिलाएकी करातेकी एरिका गुरुङ सम्मानित भएका छन् ।

मंगलबार नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले महोत्सवको अवसर पारेर मानन्धर, श्रेष्ठ र एरिकालाई जनही ५० हजार रुपैयाँले सम्मान गरेको हो ।

खेलाडीलाई समितिका अध्यक्ष राजन कार्कीले नगद र सम्मानपत्रले सम्मान गरे । यीमध्ये हाल विश्व च्याम्पियनका लागि इजिप्ट जाने तयारीमा रहेकी एरिका भने ‘भर्चुअल’ माध्यमबाट जोडिएकी थिइन् ।

धावक मानन्धर दक्षिण एसियाली खेलकुद (साग)मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले म्याराथनमा स्वर्ण जितेका थिए । भारतमा १९८७ मा भएको तेश्रो साग खेलकुदमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

यस्तै श्रेष्ठ दक्षिण एसियाली खेलकुद(साग) का दोहोरो स्वर्ण विजेता हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(एनएनआइपिए)का अध्यक्ष समेत रहेका श्रेष्ठले आठौं र नवौं सागमा करातेबाट स्वर्ण पदक जितका थिए ।

एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन् । एसियाली खेलकुदमा करातेबाट नेपालको यो पहिलो रजत पदक थियो ।

यस्तै एरिका डब्लूकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपका लागि सहभागिता जनाउन तयारीमा रहेकी एरिकाले युनिभर्सालिटी कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।

यसैबीच महोत्सवमा मंगलबरबाट एथ्लेटिक्सका खेलहरु सुरु भएको छ । मंगलबार एक कार्यक्रमबीच प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालकले कार्यक्रम (खेल)को उद्घाटन गरेका थिए ।

भलिबल, करातेलगायतका खेलहरु यसअघि नै सम्पन्न भइसकेका छन् । महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, वुद्धिचाललगायतका खेलहरु पनि हुने खेलकुद संयोजक छवी तिमल्सिनाले जानकारी दिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||