पुस २१, २०८२ मंगलबार | ०८:२५:५९
इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित

चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित

चितवन । नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, साग स्वर्णधारी दीपक श्रेष्ठ र हाङचाउ एसियाली खेलकुदमा देशलाई ऐतिहासिक रजत पदक दिलाएकी करातेकी एरिका गुरुङ सम्मानित भएका छन् ।

मंगलबार नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले महोत्सवको अवसर पारेर मानन्धर, श्रेष्ठ र एरिकालाई जनही ५० हजार रुपैयाँले सम्मान गरेको हो ।

खेलाडीलाई समितिका अध्यक्ष राजन कार्कीले नगद र सम्मानपत्रले सम्मान गरे । यीमध्ये हाल विश्व च्याम्पियनका लागि इजिप्ट जाने तयारीमा रहेकी एरिका भने ‘भर्चुअल’ माध्यमबाट जोडिएकी थिइन् ।

धावक मानन्धर दक्षिण एसियाली खेलकुद (साग)मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले म्याराथनमा स्वर्ण जितेका थिए । भारतमा १९८७ मा भएको तेश्रो साग खेलकुदमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

यस्तै श्रेष्ठ दक्षिण एसियाली खेलकुद(साग) का दोहोरो स्वर्ण विजेता हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(एनएनआइपिए)का अध्यक्ष समेत रहेका श्रेष्ठले आठौं र नवौं सागमा करातेबाट स्वर्ण पदक जितका थिए ।

एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन् । एसियाली खेलकुदमा करातेबाट नेपालको यो पहिलो रजत पदक थियो ।

यस्तै एरिका डब्लूकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपका लागि सहभागिता जनाउन तयारीमा रहेकी एरिकाले युनिभर्सालिटी कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।

यसैबीच महोत्सवमा मंगलबरबाट एथ्लेटिक्सका खेलहरु सुरु भएको छ । मंगलबार एक कार्यक्रमबीच प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालकले कार्यक्रम (खेल)को उद्घाटन गरेका थिए ।

भलिबल, करातेलगायतका खेलहरु यसअघि नै सम्पन्न भइसकेका छन् । महोत्सवमा तेक्वान्दो, कबड्डी, सेपाकताक्रो, वुद्धिचाललगायतका खेलहरु पनि हुने खेलकुद संयोजक छवी तिमल्सिनाले जानकारी दिए ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA