फाल्गुन १६, २०८२ शनिबार | ०६:३९:०८
ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो

एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) कभर्ड हलमा नेपाल कबड्डी लिग(एनकेएल) को दोस्रो सिजनको लागि ‘प्लेयर ट्रायल्स’ सुरु भएको छ ।

आइतबार एनेकएल ड्राफ्टमा स्थान बनाउन १ सय ८० खेलाडी उत्रिएका छन् ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनका लागि दर्ता भएका ५ सय १२ जना खेलाडीमध्ये प्राविधिक टोलीको छनोटको आधारमा १ सय ८० खेलाडीलाई ट्र्यालका लागि बोलाएको थियो । दुई दिनको छनोटमा पहिलो दिन ९० खेलाडीले प्रतिस्पर्धा गरे ।

खेलाडी व्यक्तिगत रुपमा दर्ता भएपनि उनीहरूलाई टिममा विभाजन गर्दै कोर्टमा उतारिएको थियो । बाँकी ९० खेलाडीले दोस्रो दिन सोमबार आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

प्लेयर ट्रायलमा राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम मगर, महिला टिमकी कप्तान मानमति विष्ट, एनकेएल पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा, विराटनगर ब्यान्ड्सिटका कप्तान कल्याण भुजेलको सहभागिता थियो ।

ड्राफ्टमा स्थान बनाउन पूर्व झापादेखि पश्चिम दाचुर्लासम्मका खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् । फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।

एनकेएल सिजन २ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ ।

फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए ।

एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||