राष्ट्रिय कराते प्रतियोगिताः बागमती टिम च्याम्पियन

काठमाडौं । बागमती प्रदेश ५६औं राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । बागमतीले १५ स्वर्ण, आठ रजत र १० कांस्य पदक जित्यो ।

नेपाल कराते महासंघको आयोजनामा सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा १५ स्वर्ण, दुई रजत र तीन कांस्य पदकासाथ नेपाल प्रहरी उपविजेता बन्यो । तेश्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक महासंघका अध्यक्ष युवराज लामा लगायतले  पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा करिब ५०० खेलाडीले सहभागिता जनाएका थिए ।  

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar