चैत्र १४, २०८२ शनिबार | ०१:४२:३६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै
शनिबारको दिन शनिबारको दिन

आजबाट आइपिएल सुरु

काठमाडौं । शनिबारबाट इण्डियन प्रिमियर लिग (आइपिएल)  सुरु हुदैछ । पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गदैछ । खेल बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा हुदैछ ।

आइपिएलको ढाँचा

आइपिएलमा कुल १० टोलीको सहभागीता छ । सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटन्स। दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् । त्यस्तै समूह ‘बी ’मा मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किंग्स छन् ।

यस अनुसार आफ्नो समूहका सबै टोलीले सबैसँग समान दुई खेल खेल्नेछन् । अर्को समूहका समानान्तर रुपमा आफ्नो स्थानमा रहने एक टोलीसँग भने दुई पटक तथा अन्य चार टिमसँग भने समान एक खेल खेल्नेछ ।

उदाहरणका लागि समूह ‘ए’ मा रहेको चेन्नईले आफ्नो समूहमा रहेका सबै टोलीसँग समान दुई तथा अर्को समूहमा आफ्नो नम्बरमा समानान्तर रुपमा रहेको समूह ‘बी ;मा रहेको मुम्बईसँग पनि २ खेल नै खेल्नेछ । समूह ’बी 'मा रहेका अन्य टोलीसँग भने समान एक खेल खेल्नेछ ।

यसरी हरेक टोलीले समूह चरणमा १४ खेल खेल्नेछन् । हरेकले १४ मध्ये ७ खेल घरेलु मैदान तथा ७ खेल विपक्षीको मैदानमा गएर खेल्नेछ । लिग चरणको खेल सकिएपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउद छन् । लिग चरणमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले फाइनल प्रवेशका लागि अर्को खेल पाउँने छ ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहने टोलीले इलिमिनेटर खेल खेल्दा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली भने चौथो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिनेछ । पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताका बीचमा दोस्रो क्वालिफायर खेल हुनेछ । 

दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउदा पराजित हुने टोली भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिनेछ । पहिलो र दोस्रो क्वाफायरका विजेताका बीचमा उपाधीका लागि फाइनल खेल हुनेछ ।

आइपिएल २०२६ को फाइनल खेल गत संस्करणको च्याम्पियन बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा ३१ मे मा आयोजना हुदैछ ।