काठमाडौं । शनिबारबाट इण्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुदैछ । हरेक संस्करणको आइपिएलको सुरुवातमा चर्चामा आउछ यस पटकको च्याम्पियन कुन टिम बन्ला त र ? यस प्रश्नको उत्तरमा हरेक पटक बताइने नाम हो मुम्बई इण्डियन्स ।
यो टिम फाइनलमा नपुगेको धेरै सिजन भयो । सन् २०२० मा च्याम्पियन बने यता मुम्बईको फाइनल यात्रा हुन सकेको छैन तर हरेक सिजनको च्याम्पियनको चर्चामा उसले सधै स्थान बनाइराख्छ । नाममा जस्तै धेरै इण्डियालाई बोक्ने यो टिमले विगल लामो समय देखि इण्डियन खेलाडीमाथि प्रमूख रुपमा भरोसा जनाउदै आएको छ ।
मुम्बईले आइपिएल जित्न सक्ने केही आधारहरु यसप्रकारका छन्
१० बलिया भारतीय खेलाडी टिममा रहनु
अहिले समयमा हेर्ने हो भने ट्वान्टी २० स्वरुपमा सबैभन्दा बलियो देश भारत नै हो । विगतका दुई संस्करणको विश्व विजेता भएर भारतले यसलाई पुष्टि गरिसकेको छ । भारतीय टोलीमा निरन्तर दुई पटक विश्वविजेता बन्दाका खेलाडीहरु हार्दिक पण्ड्या, सूर्यकुमार यादव तथा जसप्रित बुमराह टोलीमै रहँदा दुवै पटक टोलीलाई च्याम्पियन बनाउँने कप्तानहरु पनि मुम्बईको टोलीमा नै छन् ।
यसका अलावा टोलीमा भारतिय घरेलु क्रिकेटमा पकड बनाएका धेरै खेलाडी रहनु मुम्बईको बलियो पक्ष छ ।
२० उत्कृष्ट विदेशी खेलाडी
भर्खरै सम्पन्न ट्वान्टी-२० विश्वकपमा आफ्नो अलराउण्ड क्षमताका कारण चर्चित रहेका विल ज्याक्स पनि मुम्बईको टिममा रहेका छन् । दक्षिण अफ्रिकाका विकेट किपर ब्याटरहरु क्विटन डि कक तथा रायन रिकल्टन पनि यस टोलीमा छन् । नयाँ बलमा आफुलाई अब्बल देखाइसकेका ट्रेन्ट बोल्ट, युवा प्रतिभाका मानक मानिएका अल्लाह गजान्फर पनि मुम्बईसँग छन् ।
फिनिसरका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा छाप छोडेका शरफन रादफोर्ड र क्याब्रिन बोस पनि टोलीका बलिया पक्ष हुन् ।
३० अनुभवि खेलाडी
मुम्बई आफैमा लिगको सर्वाधिक सफल तथा अनुभवी टिमहरु मध्ये एक हो । मुम्बईको टोलीमा पाँच पटक टोलीलाई च्याम्पियन बनाएका कप्तान रोहित शर्मा देखि न्युजिल्याण्डको टोलीबाट पटक पटक आफूलाई प्रमाणित गरेका हालका कप्तान मिचेल स्यान्टेनर टोलीका महत्वपूर्ण सदस्यका रुपमा छन् ।
मुम्बईको टोलीमा दक्षिण अफ्रिकाको टोलीलाई लामो समय विकेटकिपरको भुमिकामा रहेका क्विटन डी कक तथा भारतीय ट्वान्टी-२० टोलीका कप्तान सूर्यकुमार यादव पनि टोलीको महत्वपूर्ण हिस्सा रहेका छन् ।