काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को एउटा छुट्टै विशेषता हो, इम्याक्ट प्लेयरको व्यवस्था । अन्यत्र हुने टी–२० क्रिकेटमै पनि यो प्रयोग खासै देखिन्न । अझ भन्दा यो आइपिएलको आफ्नै विशिष्ट प्रयोग हो भन्दा हुन्छ । त्यसैले अरू प्रतियोगिताभन्दा आइपिएल फरक छ । केही यसलाई लिएर खुला आलोचना पनि गर्छन् । तर धेरैलाई के लाग्छ भने यो नियमले आइपिएललाई रोमाञ्चक नै बनाएको छ ।
ठ्याक्कै भन्दा इम्प्याक्ट प्लेयरको नियम भनेकै खेलाडी सब्स्टिच्युट गर्न पाउने सुविधा हो । त्यसो त फुटबल जस्तो खेलमा एक जना होइन, दुई जना होइन, अचेल त पाँच जना खेलाडीसम्म सब्स्टिच्युट गर्न पाइन्छ ।
यस्तोमा क्रिकेटमा मात्र यस्तो किन राख्नु हुन्न ? आइपिएलमा यो नियम सन् २०२३ देखि सुरु भएको थियो । यो सन् २०२७ सम्म लागू हुनेछ । यसपल्ट पनि यो नियम खासै चर्चामा रहनेछ ।
पहिला मैदानमा रहेका खेलाडीले बलिङ गरिसकेको भएता पनि इम्प्याक्ट प्लेयरले बलिङ गर्न सक्छन् ।
वास्तवमै के हो त यो ? आइपिएलमा टसकै समय चार वा पाँच अतिरिक्त खेलाडीको नाम दिइन्छ । खेलका क्रममा यिनै खेलाडीमध्ये एक जनालाई इम्प्याक्ट प्लेयरका रूपमा मैदानमा उतार्न सकिन्छ । यसको अर्थ सुरुआती ११ बुझाइएको नामबाट एक खेलाडीलाई हटाउनुपर्नेछ । फुटबलमै जस्तो यो नियम जहिल्यै आइपिएलमा लागू भने हुन्न । यो फेरि अर्को फरकपन हो, जुन बुझ्नु आवश्यक छ ।
यसका लागि १४ ओभर सकिनु अगाडि नै प्रयोगमा ल्याउनुपर्छ । यो नियम ओभर सक्नेबित्तिकै पनि लागू गर्न सकिन्छ अथवा विकेट पतनका बेला । कोही खेलाडी घाइते हुन्छ भने यो प्रयोग गर्न सकिन्छ ।
इम्प्याक्ट प्लेयरका रूपमा आउने खेलाडीले ब्याटिङ गर्ने हो भने पूरा इनिङ्स नै गर्न सक्छ । होइन, बलिङ हो भने आफ्नो कोटाको ४ ओभर गर्न सक्छ । यस्तोमा यो नियमले पूरा खेलमै फरक प्रभाव पार्ने निश्चित छ नै ।
यहाँनिर के बुझ्न आवश्यक छ भने पहिला मैदानमा रहेका खेलाडीले बलिङ गरिसकेको भएता पनि इम्प्याक्ट प्लेयरले बलिङ गर्न सक्छन् । विदेशी खेलाडीलाई लिएर भने यो नियममा अलिकति फरक छ । एउटा टिमले एक खेलमा चार विदेशी खेलाडी खेलाउन पाउँछ, यो भयो सबैलाई लागू हुने नियम । त्यस्तो स्थितिमा एकै भारतीय खेलाडी मात्र इम्प्याक्ट प्लेयर भएर मैदानमा आउन सक्छ ।
इतिहास पल्टाउने हो भने तुसार पाण्डे नै त्यस्ता पहिलो खेलाडी हुन्, जसले इम्प्याक्ट प्लेयरका रूपमा पहिलोपल्ट खेले ।
यदि विदेशी खेलाडीलाई यो भूमिकामा प्रयोग गर्ने सोच हो भने सुरुआती ११ मा कम्तीमा तीन विदेशी खेलाडीमात्र हुनुपर्छ । यो नियमका अनेक फाइदा पनि छन् । जस्तो टस जितेपछि कुनै पनि टिमले आफ्नो रणनीति फेर्न सक्छ ।
सुरुमा एक अतिरिक्त ब्याटरलाई खेलाउने अनि पछि उनको स्थानमा कोही अलग बलर ल्याउने । तब यही नियममा टिकेर सक्दो बढी रन बनाउने । यसको अर्थ टिम अलिकति बढी नै आक्रामक हुन सक्छ ।
आइपिएलमा यही नियमका कारण २ सय रन माथिको स्कोर बरोबर बन्ने गरेका छन् । इतिहास पल्टाउने हो भने तुसार पाण्डे नै त्यस्ता पहिलो खेलाडी हुन्, जसले इम्प्याक्ट प्लेयरका रूपमा पहिलोपल्ट खेले । यसका आलोचक के मान्छन् भने यसले क्रिकेटको आधारभूत सोच नै बिगार्छ, किनभने यो खेलमा सब्स्टिच्युट खेलाडीको सोच नै छैन । त्यसैले यो अहिलेसम्म टी–२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म लागू भने छैन ।