चैत्र १४, २०८२ शनिबार | ०१:४३:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै
शनिबारको दिन शनिबारको दिन

यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू

काठमाडौं । भारतीय प्रिमियर लिग (आइपिएल)को १९औं संस्करण आज शनिबार सुरु हुँदै छ । नयाँ संस्करण सुरु हुनलाग्दा प्रत्येक पटक आइपिएलमा केही न केही नियम परिवर्तन भइरहेको हुन्छ । यसपालि त झन नियमहरूमाथि थप कडाइ गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)ले यसपालि अनुशासन, व्यवस्थापन र प्रसारण मापदण्ड सुधार गर्ने उद्देश्यले नयाँ निर्देशिका लागू गरेको छ । यी नियमहरू पूर्णतयाः नयाँ होइनन् । यी त यसै महिना लागू गरिएका नियमहरूलाई सुधार गरिएको मात्र हो । परिमार्जित नियमअनुसार निर्देशिकाले खेलाडीको आवागमन, पहुँच नियन्त्रण र ‘म्याच डे’ व्यवहारमा विशेष जोड दिएको छ ।

शनिबार उद्घाटन खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । नयाँ निर्देशिका उद्घाटन खेलअघि नै सबै फ्रेन्चाइज टोलीहरूलाई पठाइसकिएको छ ।

अभ्यास क्षेत्रहरुमा केवल खेलाडी र आधिकारिक ‘सपोर्ट स्टाफ’लाई मात्र प्रवेश अनुमति हुनेछ । परिवारका सदस्यहरू पनि तोकिएकै डेजिगनेटेड जोन (आतिथ्य क्षेत्र)मा बस्नुपर्नेछ ।

सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्ये एक हो ‘म्याच डे’का दौरान अभ्यासमा पूर्ण प्रतिबन्ध लगाइनु । अब टोलीहरू अभ्यासका लागि निश्चित समयभित्र आफ्नो ‘डेजिगनेटेड’ नेटमै सीमित रहनुपर्नेछ । भन्नुको मतलब खुला अभ्यासका लागि टोलीहरूलाई अनुमति दिइने छैन । अन्य टोलीका लागि छ्ट्याइएका पिचहरू प्रयोग गर्न पाइने छैन, चाहे त्यो पिच खाली नै किन नहोस् । 

प्रत्येक टोलीलाई दुईवटा नेट र मुख्य स्क्वायरमा एउटा साइड विकेट प्रदान गरिनेछ । मुम्बईजस्ता केही स्थानमा भने एकै पटक अभ्यास गर्न मिल्ने गरी दुईवटा विकेट दिइने व्यवस्था गरिएको छ ।

त्यस्तै ‘म्याच डे’का दौरान फिटनेस ड्रिल र परीक्षणहरू पनि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । अभ्यास क्षेत्रहरुमा केवल खेलाडी र आधिकारिक ‘सपोर्ट स्टाफ’लाई मात्र प्रवेश अनुमति हुनेछ । परिवारका सदस्यहरू पनि तोकिएकै डेजिगनेटेड जोन (आतिथ्य क्षेत्र)मा बस्नुपर्नेछ ।

खेलाडीहरूको आवागमन सम्बन्धमा पनि कडा नियम लागू गरिएको छ । अब खेलाडीहरूले अभ्यासका लागि केवल टोलीको बस प्रयोग गर्नुपर्नेछ । साथै फ्रेन्चाइज टोलीहरूले नेट बलर र ब्याटरलाई बल थ्रो गर्ने– थ्रोडाउन विशेषज्ञहरूको विवरण बिसिसिआईलाई स्वीकृतिका लागि अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

यदि कुनै खेलाडीको जर्सी नम्बर परिवर्तन गर्नुपरेमा फ्रेन्चाइज टिमले कम्तीमा २४ घण्टाअघि बिसिसिआईलाई जानकारी गराउनुपर्नेछ ।

त्यस्तै ‘सपार्ट स्टाफ’ले सधैं आफ्नो ‘एक्रिडिटेशन’ कार्ड बोकेको हुनुपर्नेछ, अन्यथा कारबाही गरिनेछ । अभ्यासका क्रममा खेलाडीलाई एलइडी विज्ञापन बोर्डमा बल हान्न नहुने र त्यस अगाडि बस्न पनि नपाइने निर्देशन दिइएको छ । वैकल्पिक खेलाडी बस्ने व्यवस्थामा पनि सुधार ल्याइएको छ ।

प्रसारणसँग सम्बन्धित नियमहरू पनि सुद्दढ पारिएका छन् । सर्वाधिक रनकर्ता र विकेटकर्ताको दौडमा शीर्षस्थानमा रहँदा पाउने क्रमशः अरेन्ज र पर्पल क्याप प्राप्त गरेका खेलाडीले खेलको सुरुआती ओभरहरूमा अनिवार्य रूपमा आफ्नो क्याप लगाउनुपर्नेछ । दर्शक र प्रसारणलाई स्पष्ट रूपमा देखाउन यो नियम लागू गरिएको हो ।

पोस्ट–म्याचमा खेलाडीले निश्चित ड्रेस कोड पालना गर्नुपर्नेछ । विना बाहुला (स्भिलेस) जर्सी र ‘फ्लपी’ टोपी लगाउन प्रतिबन्ध लगाइएको छ । नियम उल्लंघन गरेमा जरिवाना लाग्न सक्ने व्यवस्था गरिएको छ । 

यसका साथै ‘म्याच डे’का लागि तोकिएको क्षेत्रमा अधिकतम १२ जना सपोर्ट स्टाफ मात्र रहने अनुमति हुनेछ । जसमा टोलीका डाक्टर पनि समावेश हुनेछ । यदि कुनै खेलाडीको जर्सी नम्बर परिवर्तन गर्नुपरेमा फ्रेन्चाइज टिमले कम्तीमा २४ घण्टाअघि बिसिसिआईलाई जानकारी गराउनुपर्नेछ ।

यी नयाँ नियमहरूले आइपिएललाई थप व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ ।