कार्तिक १४, २०८२ शुक्रबार | १८:१०:१८
विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा

रविलाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्काले एकल अग्रता लिएका छन् ।  

सोमबार ५-अन्डर ६७ को स्कोरमा रविले साबिक विजेता सुवास तामाङलाई एक स्ट्रोकले पछि परेका छन् । सुवासले ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे ।

३-अन्डर ६९ को स्कोरमा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो-गल्फर भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।

२-अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मा संयुक्तरुपमा सातौं स्थानमा छन् । १-अन्डर ७१ स्कोर गरेका दीपक मगर, रामकृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौं स्थान बाँडे ।

रविले छैटौं देखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । त्यसपछि ब्याक नाइनमा उनले १२ र १७औं होलमा एक/एक सट बचाए । १३औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पूरा गरे ।

सुवासले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । छैटौं होलमा बर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक/एक सट खेर फाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १०, १२ र १६औं होलमा बर्डी प्रहार गरे ।  सुवासले ५-पारको १५औं होलमा इगलको सफलता हात पारे ।

एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्तरुपमा शीर्ष स्थानमा रहे । उनीहरूले ३-अन्डर ६९ को स्कोरमा वाङ्चेनलाइ दुई स्ट्रोकले पछि पारेका छन् ।

निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे । छैटौं होलमा एक सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे । यसपछि ११ र १४औं होलमा बर्डी तथा १५ र १८औं होलमा बोगी खेपे । ब्याक नाइन इभन-पार ३६ खेले ।

राहुलले फ्रन्ट नाइन १-अन्डर ३५ तथा ब्याक नाइन २-अन्डर ३४ मा सकाए । उनले कुल पाँच बर्डी र दुई बोगी प्रहार गरे । वाङ्चेनले १-अन्डर ७१ स्कोर गरे । वाङ्चेनले सातौं होलमा चार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।


भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ