चैत्र ९, २०८२ सोमबार | ०९:३२:५४
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

काठमाडौं । श्रीलंकालाई ट्वान्टी २० विश्वकपमा कप्तानी गरेका दाशुन शनकाले पाकिस्तान सुपर लिग(पिएसएल) टिमसँग सम्झौता रद्ध गर्दै इण्डियन प्रिमियर लिग(आइपीएल) मा नयाँ सम्झौता गरेका छन् ।

लाहोर कलन्दर्ससँगको पिएसएल अनुबन्धन व्यक्तिगत कारण भन्दै रद्ध गरेका शनकाले आइपिएल २०२६ का लागि राजस्थान रोयल्समा घाइते साम करनको स्थानमा टिममा अटाएका हुन् ।  

चेन्नई सुपर किंग्सबाट ट्रेडमा राजस्थानको हिस्सा रहेका करान ग्रोइन समस्याका कारण आइपीएलबाट बाहिर भएका हुन् । यसैबीच, पिएसएल टोली कलन्दर्सले शनकाको ठाउँमा अस्ट्रेलियाका अलराउन्डर डेनियल साम्सलाई अनुबन्ध गरेको छ ।

पछिल्लो केही दिनमा आफ्नो पिएसएल टोलीबाट अलग भएर आइपिएल टिममा सामेल हुने शनका दोस्रो खेलाडी बनेका छन् । यसअघि जिम्बावेका ब्लेसिङ मुजाराबानीले पिएसएल टोली इस्लामाबाद युनाइटेडसँगको आफ्नो सम्झौता त्याग्दै कोलकाता नाइट राइडर्समा मुस्ताफिजुर रहमानको स्थानमा अनुबन्ध भएका थिए ।

शनिबारबाट सुरु हुने आइपिएलमा राजस्थानको पहिलो खेल ३० मार्चमा गुवाहाटीमा चेन्नईविरुद्ध रहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो