चैत्र ९, २०८२ सोमबार | ०९:१६:४६
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

हाउण्ड्सको लगातार चौथो जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले चौथो जित हात पारेको छ ।

आइतबार सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै चौथो जित हात पार्ने क्रममा प्लेबक्स एरेनालाई ८३–७६ ले पराजित गरेको हो । रोमाञ्चक खेलमा सुरुवाती दुई क्वाटरमा हाउण्ड्सले अग्रता बनाएको थियो भने अन्तिम दुई क्वाटर प्लेबक्सले आफ्नो पक्षमा पारेको थियो ।

हाउण्ड्सले पहिलो क्वाटर ३१–१९ र दोस्रो क्वाटर १८–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४९–३३ को अग्रता बनाएको थियो । त्यसपछि प्लेबक्सले तेस्रो क्वाटर २२–१८ र चौथो क्वाटर २१–१६ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सलाई जितबाट रोक्न सकेन  ।

हाउण्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २२ अंक स्कोर गरे । सौरभ प्लेअर अफ दि म्याच घोषित भए ।

लगातार चौथो जितपछि हाउण्ड्सले ७ खेलबाट ११ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ ।  छैटौं हार बेहोरेको प्लेबक्स ७ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

अन्य खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ८७–७२ ले पराजित गरेको थियो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो