माघ २, २०८१ बुधबार | १२:३०:३३
नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि

सुवासलाई भारतीय गल्फ टुरको फुल कार्ड

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआइ) को फुल कार्ड प्राप्त गर्न सफल भएका छन्।

जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लबमा शुक्रबार सम्पन्न टाटा स्टील पिजीटीआइ क्वालिफाइङ स्कुलको अन्तिम दिन ४-अन्डर ६७ को स्कोर कार्ड बनाउँदै उनले ७२ होलको प्रतिस्पर्धामा १३-अन्डर २ सय ७१ को रवाफिलो स्कोर खडा गर्दै संयुक्त रुपमा दोश्रो स्थान बाँडे।

क्वालिफाइङ स्कुलमा पहिलो दिनदेखि नै उत्कृष्ट प्रदर्शन गरेका सुवासले अन्तिम दिन पनि लोभलाग्दो प्रदर्शन गरे। उनले फ्रन्ट नाइन १-अन्डर ३४ मा पुरा गरे। दोस्रो, चौथो र नवौं होलमा बर्डी प्रहार गरे र पाँचौ र सातौं होलमा एक/एक सट खेर फाले। यसपछि ब्याक नाइन बोगी फ्रि खेले।

१०औं, ११औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दै उनले ३-अन्डर ३३ को स्कोर दर्ज गरे। सुवासले पहिलो दिन ४-अन्डर ६७, दोश्रो दिन ५-अन्डर ६६ र तेस्रो दिन इभन-पार ७१ मा खेल सकाएका थिए।

प्रभावशाली प्रदर्शनमा सुवासले सन् २०२४ को भारतीय गल्फ टुरको लागि फुल कार्ड प्राप्त गरेका छन्। यो सँगै उनको प्रोफेसनल गल्फ करियरको सुरुवात हुनेछ। सुवास नेपाली एमेच्योर गल्फका अहिलेसम्मकै सर्वाधिक सफल गल्फर हुन। उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक दुई स्वर्ण जितेका थिए।

यसपछि बंगलादेश ओपनमा सद्भाव आचार्यसँग मिलेर टिमतर्फ पनि स्वर्ण जितेका थिए। सो प्रतियोगितामा उनले व्यक्तिगततर्फ रजत हात पारेका थिए। टुरिजमा कपमा पनि उनले नेपाललाई टिमतर्फ स्वर्ण दिलाएका थिए।

सूर्य नेपाल गल्फ टुरमा सुवासले प्रोफेसनल गल्फरलाई कयौं पटक पछि पारिसकेका छन् । उनले पाँच पटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितिसकेका छन्।

पछिल्लो समय नेपाल गल्फ संघले सुवासलाई विशेष प्रशिक्षणको लागि भारतको तरूण सरदेशाई एकेडेमीमा पठाएको थियो।

अहिले पनि उनी सोही एकेडेमीमा प्रशिक्षणरत रहेका छन्। उनले २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीबाट स्कलरशिप समेत पाएका छन्।

अब सुवासले नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईसँगै भारतीय गल्फ टुरमा प्रतिस्पर्धा गर्नेछन्। शुक्रले गत सिजनको अर्डर अफ मेरिटमा ५२औं स्थानमा रहँदै आफ्नो कार्ड सुरक्षित राखेका छन्।

प्रि क्वालिफाइङको तीन प्रतियोगिता पश्चात कुल १ सय २३ गल्फरले भाग लिएको अन्तिम चरणमा ३६ होलको समाप्तीमा उत्कृष्ट ८० जनाले कट बनाएका थिए। जहाँ कूल ४-अण्डर २ सय ८० को स्कोरमा उत्कृष्ट ३७ जनाले  पिजीटीआइको फुल कार्ड प्राप्त गरे।

यो प्रतियोगिताको उपाधि चील्लीका माटियास डोमिङग्वेजले हात पारे। अन्तिम दिन ७-अन्डर ६४ खेल्दै उनले समग्रमा २०-अन्डर २ सय ६४ को स्कोर निकाले। नेपालका सुबाशसँगै भारतीयद्वय मोहम्मद सन्जु र एमेच्योर अंशुल कब्थियाल कुल १३-अन्डर २ सय ७१ सहित संयुक्तरुपमा दोस्रो भए। 

यो पटक पिजीटीआई क्यु-स्कुलमा सहभागी ४ सय १९ गल्फर मध्ये भारत बाहेक १७ देशका ६१ खेलाडीले दाबेदारी प्रस्तुत गरेका थिए।
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO