भाद्र २३, २०८१ आइतबार | ०६:३४:३३
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

सूर्य नेपाल इस्टर्न ओपनः शुक्र शीर्षस्थानमा कायमै

धरान । सूर्य नेपाल गल्फ टुर २०२३/ २४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन पनि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा कायमै रहेका छन् । बिहीबार उनले १-ओभर ७१ स्कोर गर्दा समग्रमा २-अन्डर १ सय ३८ सहित नीरज तामाङलाई एक स्ट्रोकले पछि पारे ।

धरान गल्फ क्लबमा जारी प्रतियोगितामा साविक विजेता शुक्रलाई कडा चुनौती दिदै नीरजले १-ओभर ७१ मा दोस्रो दिनको खेल सकाउँदा समग्रमा १-अन्डर १ सय ३९ स्कोर गरेका छन् । पुर्व नम्बर एक प्रो भुवन नगरकोटीले २-ओभर ७२ सहित समग्रमा २-ओभर १ सय ४२ को स्कोर तयार पारे । यो स्कोरमा उनी तेस्रो स्थानमा उक्लिए। उनले एमेच्योर गल्फर युवराज भुजेलसँग तेस्रो स्थान बाँडेका छन् ।

समग्रमा ४-ओभर १ सय ४४ को स्कोरमा रवि खड्का, राजेन राई र भुवनकुमार रोक्काले संयुक्तरुपमा चौथो स्थान बाँडे । तीनै खेलाडीले आज १-अन्डर ६९ को स्कोर कार्ड बनाए। समग्रमा ६-ओभर १ सय ४६ सहित धन बहादुर थापा र रामे मगर संयुक्तरुपमा सातौं स्थानमा रहे ।

धनले आज २-ओभर ७२ र रामेले ५-ओभर ७५ मा खेल सकाए । सञ्जय लामा,सूर्य प्रसाद शर्मा र दीपक मगरले समग्रमा ७-ओभर १ सय ४७ स्कोर गर्दा संयुक्तरुपमा नवौं स्थानमा छन् । सञ्जय र सूर्यले आज २-ओभर ७२ मा खेला सकाउँदा दीपकले ४-ओभर ७४ को नतिजा निकाले । ३६ होलको समाप्तीमा १४-ओभर १ सय ५४ स्कोर गर्ने २१ प्रो र ५ एमेच्योरले कट बनाउँदै अन्तिम १८ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरेका छन्।

 प्रोहरू देउराज पाख्रीन, सबिन सापकोटा, दिनेश प्रजापति, बलभद्र राई, जयराम श्रेष्ठ, प्रदीप कुमार लामा, रमेश अधिकारी, पशुपति शर्मा, दल बहादुर लामा र सुमन सापकोटाले कट बनाएका छन् ।

एमेच्योरतर्फ युवराज भुजेल शीर्षस्थानमा रहेका छन् । उनले आज ३-ओभर ७३ मा खेल सकाए पनि समग्रमा २-ओभर १ सय ४२ को स्कोरमा गजेन्द्र गुरूङलाई ३ स्ट्रोकले पछि पारे । समग्रमा ५-ओभर १ सय ४५ स्कोर गरेका गजेन्द्रले दोस्रो दिनको खेल १-ओभर ७१ मा पुरा गरे। समग्रमा १-ओभर १ सय ४६ सहित सुन्दर राई तेस्रो स्थानमा छन आज उनले १-अन्डर ६९ को स्कोर दर्ज गरे । यस्तै पदम हाङ र सुमन परियारले पनि कट बनाएका छन् ।

यो सिजनको पहिलो उपाधि जित्ने दाउमा रहेका शुक्रले दोस्रो दिनको सुरूवात राम्रो गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । फ्रन्ट नाइनमा उनले चार बर्डीको सफलता प्राप्त गरे। तेस्रो होलमा एक सट बचाएका उनले पाँचौ देखि सातौं होलसम्म लगातार ३ बर्डी प्रहार गरे। चौथो र नवौं होलमा भने एक/ एक सट खेर फाले । यसपछि ब्याक नाइनमा शुक्रले खराब प्रदर्शन गरे। १० औं,१४ औं र १७ औं होलमा बोगी खेप्दा ब्याक नाइन ३–ओभर ३७ मा पुरा गर्न बाध्य भए। ब्याक नाइनको यही खराब प्रदर्शनमा शुक्रले नीरज तामाङ विरूद्ध अग्रता बढाउन सकेनन् ।

नीरजले भने फ्रन्ट नाइनमा खेल बिगारे। बोगीबाट दिनको सुरूवात गरे। यसपछि दोस्रो र छैटौं होलमा बर्डी प्रहार पनि गरे। तर चौथो होलको डबल बोगी र सातौं होलको बोगीले फ्रन्ट नाइन २-ओभर ३८ मा पुरा गरे। ११औ होलमा डबल बोगीको सामना गरे। तर यसपछि भने नीरज सम्हालिए । १२ औं, १५औं र १८ औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।

भुवनले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गरे। दोस्रो र छैटौं होलको बोगीका विरूद्ध पाँचौं र आठौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा भने १०औं, ११औं र १४औं होलमा एक–एक सट खेर फाल्दा १२ औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन २-ओभर ३६ मा सकाए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024