फाल्गुन १८, २०८२ सोमबार | ००:१९:३५
मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता

मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा दुबै टोलीले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

बराबरीसँगै प्लानिङ ब्वाइजले शीर्ष स्थानमा उक्लिने अवसर गुमायोे । यो नतिजासँगे प्लानिङ ब्वाइज ९ खेलमा १८ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो । शीर्ष स्थानको एपिएफको ८ खेलमा २० अंक छ ।

मनाङले भने एक स्थान सुधार गर्यो । ९ खेलमा मनाङ ९ अंक जोड्दै ११औं स्थानमा उक्लिएको छ । मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई उछिन्यो ।

दिनको दोस्रो खेलमा पुछारबाट पाँचौं स्थानमा रहेको चित्लाङ एफसीविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) तेस्रो स्थानमा उक्लिएको थियो । तर, अहिले प्लानिङले एनआरटीलाई गोल भिन्नतामा उछिनेको छ ।

एनआरटीका लागि राजीभ लोप्चन र टिमोथी ओकेरेकेले गोल गरे ।

सनम लिम्बूको आत्मघाती गोलमा चित्लाङ पहिलो हाफमा खेलमा फर्किएको थियो । तर, ५४औं मिनेटमा टिमोथीले पुनः एनआरटीलाई अग्रतामा ल्याएका थिए ।

चित्लाङको यो चौथो हार हो । चित्लाङले समान खेलमा ७ अंक जोडेको छ ।

दिनको पहिलो खेलमा पुछारको नव जन जागृति क्लबमाथि ३–० को सहज जित हासिल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा उक्लिएको थियो । अन्तिम खेलपछि आर्मी अहिले पाँचौं स्थानमा झरेको छ ।

यो नतिजासँगै आर्मीले ८ खेलमा १८ अंक जोडेको छ जन जागृतिको यो लगातार आठौं हार हो । जन जागृति लिगमा एक अंक पनि जोड्न नसक्ने एक्लो टोली हो ।

सोमबारबाट ११ दिनसम्म लिगमा कुनै पनि खेल हुनेछैनन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||