माघ २३, २०८२ शुक्रबार | २०:१५:४३
राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल

राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट

काठमाडौं । राष्ट्रिय बहिरा ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिताको पहिलो संस्करण यहि माघ २५ र २६ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

शुक्रबार आयोजक सुन्दरढोका साथीसेवाले दशरथ रंगशालास्थित नेपाल पारा ओलम्पिकको कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गरायो ।

सुन्दरढोका साथीसेवाले आपंगता खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले संचालन गर्दै आएको विकास शिल्ड अन्तर्गत यसपटक राष्ट्रियस्तरमै पहिलोपटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको संस्थाकी कार्यकारी निर्देशक बिजेता लुईटेल अधिकारीले बताइन् ।
‘सुन्दरढोका साथी सेवाका संस्थापक स्व. श्री विकास अधिकारीको अपांगता खेलकुद प्रतिको अत्याधिक चाहना अनुरुप विकास शिल्डको स्थापना भएको हो,’ लुईटेलले भनिन्, ‘विकास शिल्ड अन्तर्गत नै यस फुटबल प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । हामी निकै उत्साहित छौं ।'

प्रतियोगितामा ८ टोलीको सहभागिता हुनेछ । बागमतीबाट दुई तथा अन्य प्रदेशबाट समान एक टोलीले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् । सहभागी खेलाडीहरु प्रतियोगिताको मापदण्डअनुरुप बहिरा फुटबल संघका प्रदेश प्रतिनिधि (प्रशिक्षक र कप्तान)बाट छनोट भएका हुन् । मापदण्डमा अपांगता परिचय पत्र भएको हुनुपर्ने, कम्तिमा ५५ डेसिबल श्रवणशक्तिमा कमी रहेको हुनुपर्ने, १८ वर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने, सुनाई क्षमताको लागि प्रमाणित अडियोलोजी रिपोर्ट हुनुपर्ने र शारीरिक रुपमा पुर्ण रुपमा तन्दुरुस्त हुनुपर्ने आयोजकले बतायो ।

दर्शकहरुले यो प्रतियोगिता निशुल्क हेर्न पाउनेछन् । बहिरा अपांगता भएका व्यक्तिहरुको मनोबल र आत्मविस्वास बढाईदिन रंगशाला आउन आयोजकले सबैलाई आह्वान गरेको छ । त्यस्तै खेलको प्रत्यक्ष प्रसारण खेलाडी डटकमको युट्युब च्यानलबाट हुनेछ ।

सुन्दरढोका साथीसेवाले विकास शिल्डमार्फत स्थापना कालदेखी नै अपांगता खेलकुद सम्बन्धी प्रतियोगिताहरु सञ्चालन गर्ने, खेल तथा खेलाडीको क्षमता विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणहरु दिने, खेलाडीलाई खेल समग्रीहरु प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।