काठमाडौं । न्युक्यासल युनाइटेडलाई समग्रमा ५–१ ले हराउँदै म्यानचेष्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–१ ले हरायो । घरेलु मैदानमा सिटीको जितमा ओमार मोर्माेउसले दुई गोल गरेका थिए । तिजानी रेइजन्डर्सले एक गोल थपेका छन् । न्युक्यासलको लागि एक मात्रै गोल एन्थोनी एलान्गाले फर्काएका हुन् ।
पहिलो लेगमा सिटी २–० ले विजयी भएको थियो । अब, सिटीले वेम्बली रंगशालामा २२ मार्चमा हुने फाइनलमा आर्सनलको सामना गर्नेछ । आर्सनल चेल्सीलाई हराउँदै मंगलबार राति नै फाइनलमा पुगिसकेको छ ।
सिटी सन् २०२१ पछि फाइनलमा स्थान बनाएको हो । यसअघि सन् २०१८ र २०२१ मै उपाधि जितेको थियो । सिटीले हालसम्म ८ पटक उपाधि जित्दा लिभरपुलले १० पटक उपाधि जितेको छ । यता, आर्सनल भने ३३ वर्षमा पहिलो पटक उपाधि जित्ने योजनामा छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
