काठमाडौं । तेस्रो पटक आइसिसी ट्वान्टी २० विश्वकप खेल्न लागेको नेपालले आज (बिहीबार) अन्तिम वार्म अप खेल क्यानाडाविरुद्ध खेल्दैछ ।
खेल दिउसो १ बजे एमए चिदाम्बरम रंगशालामा हुनेछ ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो वार्म अप खेल जित्ने योजनामा छ । चेन्नईमै भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो ।
नेपालको जितमा ब्याटर आरिफ शेखले ६१ तथा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५० रन बनाएका थिए । दुई खेलाडीबीच १०३ रनको साझेदारी भएपछि नेपाल सहज जित निकाल्न सफल भएको थियो ।
यो खेलपछि नेपाली टिम मुम्बई आइपुग्नेछ । समूह सी मा नेपालले इङ्ल्यान्डसहित वेष्ट इन्डिज, इटाली र स्कटल्यान्डसँग खेल्ने तालिका छ ।
विश्वकपमा नेपालले पहिलो खेल इङ्ल्यान्डसँग आइतबार खेल्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
