काठमाडौं । नेपालले आज बिहीबार क्यानाडाविरुद्ध खेल्ने ट्वान्टी २० विश्वकपको आधिकारिक वार्म अप खेलमा कप्तान रोहित पौडेल टिममा हुने छैनन् ।
अहिले नेपाली टिम भारतको चेन्नाईमा छ र त्यहीं क्यानाडाविरुद्ध आफ्नो अन्तिम तथा दोस्रो अभ्यास खेल खेल्दैछ ।
रोहित भने मुम्बईमा हुने प्रतियोगिताको प्रिम्याच कन्फ्रेन्समा सहभागी हुनेछन् । यो प्रतियोगिताको क्याप्टेन डे का रूपमा रहेको छ । उनको अनुपस्थितिमा क्यानाडाविरुद्ध नेपाली टिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।
नेपालले आफ्नो अभ्यास खेलमा यूएईलाई सात विकेट पराजित गरेको थियो । यस्तै क्यानाडा भने आफ्नो पहिलो अभ्यास खेलमा इटालीविरुद्ध १० रनले पराजित भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
