माघ २३, २०८२ शुक्रबार | १२:३७:२०
पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने

पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने

काठमाडौं । पाकिस्तानले ट्वान्टी २० विश्वकप २०२६ मा भारतविरुद्ध कोलम्बोका हुने खेल त बहिस्कार गर्ने छ, तर यदी प्रतियोगिताका अन्य चरणमा फेरि यिनै दुई देशको भेट भयो के हुनेछ रु त्यसो त अहिलेसम्म पाकिस्तानी क्रिकेट बोर्डले प्रतियोगिताको समूह ए मा भारतविरुद्धको खेल नखेल्ने भनेर औपचारिक रूपमा केही भनेको छैन् । खालि पाकिस्तानी सरकारले मात्र त्यसबारे घोषणा गरेको हो । त्यसैले एक खाले अन्यौलता अझै कायम छ ।

प्रतियोगिताको समूह चरणमा पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गरे पनि यिनै दुई टिम प्रतियोगिताको सुपर एट अथवा त्यसपछिको कुनै मोडमा खेल्नु पर्ने हुन सक्नेछ । साँच्चै यस्तै भयो भने के हुनेछ त रु यही प्रश्न पाकिस्तानी कप्तान सलमान आगालाई गरिंदा उनले भनेका छन्, यसबारे फेरि दोहराएर सरकारी आदेश के हुनेछ, त्यो हेरिनेछ । प्रतियोगिताको खेल तालिका अनुसार दुई छिमेकीबीच सेमिफाइनल अथवा फाइनलमा भेट हुने सम्भावना कायम छ ।

आगाले कोलम्बोमा आयोजित क्याप्टेन्स डेमा भनेका छन्, ‘भारतविरुद्धको खेल खेल्ने नखेल्ने निर्णय हाम्रो हातमा छैन् । यदी सेमिफाइनल अथवा फाइनलमा फेरि भारतविरुद्ध खेल्नु पर्ने स्थिति आएमा पाकिस्तानी सरकारले कस्तो आदेश दिनेछ, त्यसै अनुसार गर्नेछौं ।’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले बंगलादेशलाई प्रतियोगिताबाट हटाएपछि त्यसको विरोधमा पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय गरेको हो ।

यसैबीच क्रिकेट श्रीलंकाका अध्यक्ष सामनी सिल्भाले पाकिस्तानी क्रिकेट बोर्डलाई एक पत्र लेख्दै भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय फिर्ता लिन अनुरोध गरेका छन् । उनले भनेका छन्, यो खेल नहुने हो भने त्यसको ठूलो आर्थिक क्षति हुनेछ । यस्तै पाकिस्तानी क्रिकेट आफैले पनि भविष्यमा ठूलो आर्थिक क्षति बेहोर्नु पर्नेछ । भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि कोलम्बो आउने हवाई उडान र होटल बुकिङ रद्द गर्ने क्रम बढ्दो रहेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।