पुस १६, २०८२ बिहीबार | १५:२७:४६
एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’

रुपेशले फ्रेन्ड्सबाटै खेल्ने

काठमाडौं । घरेलु फुटबलका अनुभवी सेन्ट्रल मिडफिल्डर रुपेश केसीले फ्रेन्ड्स क्लबबाटै आसन्न एन्फा राष्ट्रिय लिग खेल्ने भएका छन् ।

बिहीबार कुपण्डोलको फ्रेन्ड्सले फेसबुकमार्फत पूर्व अन्तर्राष्ट्रिय खेलाडी रुपेशलाई अनुबन्ध गरेको जानकारी गरायो ।

तीन वर्ष अगाडि सम्पन्न पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रुपेशले फ्रेन्ड्स क्लबकै जर्सी लगाएका थिए । त्यसयता उनी मोफसलका प्रतियोगिताहरुमा पाटनको थ्री स्टारको जर्सीमा देखिरहेका थिए ।

उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा गरेका रुपेश एन्फा एकेडेमीका उत्पादन हुन् । करिअरको उत्तरार्धमा रहेका रुपेशसँग थ्री स्टार, मनाङ मर्स्र्याङ्दी जस्ता ठूला क्लबहरुबाट शीर्ष डिभिजन लिग खेलेको अुनभव छ ।

पछिल्लो समय खेलाडीहरु सुनौलो भविष्यको खोजीमा विदेश पलायन भइरहँदा रुपेशले भने घरेलु फुटबलमा युवा जोशहरुलाई मैदानमा उर्जा दिइरहेका छन् ।

रुपेशसँगै गोलकिपर मौसम लुङ्गेली मगर, विंगर दीपेश घले, मिडफिल्डर प्रशान्त लक्सम, फरवार्डद्धय आशिष चापागाई र राजेश परियारले यसपाली फ्रेन्ड्सको जर्सी लगाउँदै छन् ।

राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।

तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC