फाल्गुन ९, २०८२ शनिबार | ००:२६:२५
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय

काठमाडौं । कार्यसमिति पदाधिकारीको बिरोध बाबजुद अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी साधारणसभा माघ २८  गते हुने भएको छ ।

बुधबार सातदोबोटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमिति बैठकले माघ अन्तिम साता चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो ।  केही पदाधिकारीले जिल्ला र प्रदेशको चुनाव नभएको भन्दै चार वर्षे कार्यकालपछि मात्रै चुनाव गर्न प्रस्ताव राखेका थिए ।

तर, अध्यक्ष पंकजविक्रम नेम्वाङले बहुमत सदस्यबाट पारित भएको भन्दै चुनावको मिति तय गरेका हुन् । ‘हामीले जिल्ला र प्रदेशको चुनावपछि मात्रै निर्वाचन गर्न अनुरोध गर्याै । तर, अध्यक्ष जसरी हुन्छ चुनाव गराउनेमै केन्द्रित हुनुभयो । हाम्रो कुरा सुनिएन ।’ एक पदाधिकारीले भने । 

एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । तर, चार वर्षे कार्यकाल छोट्याएर माघमै निर्वाचन (अर्ली इलेक्सन) गर्ने विषय बैठकबाट पारित भएको हो ।

२०७९ असार ५ गतेको निर्वाचनबाट चुनिएको वर्तमान एन्फा कार्यसमितिको कार्यकाल आगामी असार ४ गते पूरा हुनेछ । तर त्यही समयमा अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता हुने भन्दै त्यो भन्दा पहिला नै निर्वाचन सकिसक्ने एन्फा नेतृत्वको योजना थियो ।

एन्फा नेतृत्व जिल्ला फुटबल संघहरुको चुनाव नगराइकनै केन्द्रको अर्ली इलेक्सन गर्न अगाडी बढेको हो । एन्फाको सदस्यता लिएका सबै ४९ जिल्लासँग चुनावमा मताधिकार रहन्छ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||