फाल्गुन ९, २०८२ शनिबार | ००:२५:१६
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा

काठमाडौं । साधारणसभाको मिति तोक्ने तथा लेखा परिक्षक नियुक्त गर्ने एजेन्डा राखेर बुधबारका लागि बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकमा आपतकालिन तथा आकस्मिक कार्यकाल छोट्याउने विषयमा छलफल हुने आशंकाले फुटबल वृत्तमा राम्रै चर्चा बटुलेको छ ।

बुधबारको कार्यसमिति बैठकको लागि एन्फा महासचिव किरण राईले कार्यसमितिका सदस्य, सबै सात प्रदेश फुटबल संघ, तथा महिला, रेफ्री, खेलाडी तथा प्रशिक्षक संघलाई पठाएको निमन्त्रणामा तीन एजेन्डा समावेश छन् ।

राईले पठाएको एजेन्डामा साधारणसभाको मिति तय गर्ने, आर्थिक वर्ष २०८२(८३ को लागि लेखा परिक्षक नियुक्त गर्ने तथा विविध भनिएको छ । पहिलो एजेन्डामा भनिएको साधारणसभा विषयमा आगामी असार ४ गते सकिने चार वर्षे कार्यकाल छोट्याएर माघमै निर्वाचन (अर्ली इलेक्सन) गर्ने विषयलाई केन्द्रमा राखेर छलफल गरिने एन्फा उच्च स्रोतले खेलाडी डटकमलाई जानकारी गराएको छ ।

'साथीहरु (असन्तुष्ट पक्ष) पनि अर्ली इलेक्सन चाहिरहनुभएको छ । सबैखाले काममा आफ्नै साथीहरुले बाधा सिर्जना गरिरहेका छन् । यो अवस्थामा नयाँ म्यान्डेट अत्यावश्यक भइसक्यो । अन्यथा फुटबल धेरै पछाडि पर्ने भयो,’ स्रोतले भन्यो ।

२०७९ असार ५ गतेको निर्वाचनबाट चुनिएको वर्तमान एन्फा कार्यसमितिको कार्यकाल आगामी असार ४ गते पूरा हुनेछ । तर त्यही समयमा अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता हुने भन्दै त्योभन्दा पहिला नै निर्वाचन सकिसक्ने एन्फा नेतृत्वको योजना रहेको बताइन्छ ।

लगातारको आपसी विवादका कारण नियमित भन्दा बढि आपतकालिन, आकस्मिक र भर्चुअल बैठक र साधारणसभाहरुमार्फत आफू अनुकुल एन्फा सञ्चालन गर्दै आएको नेतृत्व पूरा कार्यकालभरी लिगको साइकल समेत पूरा गर्न नसकेको भन्दै आलोचित छ ।

चार वर्षअघि पंकजविक्रम नेम्वाङको अध्यक्षतामा प्यानलै निर्वाचित भए पनि केही दिनमै स्वार्थ बाझ्दा नेतृत्व आपसी द्वन्द्वमा जाकिएको थियो । जसका कारण पूरा कार्यकाल मैदानमा फुटबलभन्दा पनि बैठक तथा अध्यारा कोठाहरुमा राजनीतिक खेल बढि भएको एन्फाभित्र अहिले पनि स्पष्ट रुपमा देखिने गरि विभाजन छ ।

एउटै प्यानलबाट निर्वाचित भए पनि सम्बन्ध बिग्रिएपछि फरक कित्ताको नेतृत्व गरिरहेका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई नेतृत्वले आगामी साधारणसभासम्मका लागि भनेर निलम्बन गरेको छ । 

नेम्वाङ कार्यसमितिमा बलियो बहुमत लिएर बसेका छन् भने नेतृत्वको विरुद्ध वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा उपाध्यक्ष विराटजंग शाही तथा कार्यसमिति सदस्यहरु रविन्द्र चन्द, रुपेश अधिकारीलगायतले अभियान चलाइरहेका छन् । पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका उपाध्यक्ष शाहीले त आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी पनि घोषणा गरिसकेका छन् ।

एन्फाको वर्तमान कार्यसमितिका अध्यक्ष नेम्वाङल नेतृत्वको प्यानललाई चुनाव जिताउने रोडम्याप बनाएका पूर्वअध्यक्ष गणेश थापा पनि असन्तुष्ट पक्षको नेतृत्वमा छन् । नेम्वाङसँग अघिल्लो निर्वाचनमा पराजित भएका पूर्व अध्यक्ष कर्मछिरिङ शेर्पा पनि वर्तमान नेतृत्वको विरुद्धमा छन् । एन्फा साधारणसभाका सदस्य क्लब तथा जिल्लाहरु पनि विभाजनकै अवस्थामा छन् ।

त्यही विभाजनका कारण नेतृत्वले परिस्थिती आफू अनुकुल रहेको बुझाईका साथ अर्ली इलेक्सन गर्न खोजेको असन्तुष्ट पक्षको शंका छ । असन्तुष्ट पक्षका अनुसार नेतृत्व जिल्ला फुटबल संघहरुको चुनाव नगराइकनै केन्द्रको अर्ली इलेक्सन गर्ने योजनामा छ । एन्फाको सदस्यता लिएका सबै ४९ जिल्लासँग चुनावमा मताधिकार रहन्छ ।

कतिपय जिल्लाका अध्यक्षको दुई कार्यकाल पूरा भइसकेको अवस्थामा जिल्लाको नयाँ चुनाव गराउँदा अधिकांश जिल्लामा नयाँ नेतृत्व आउन सक्ने कारण एन्फा नेतृत्व यथास्थितीमा केन्द्रको चुनाव गराउन जुटेको आरोप छ ।  

‘अहिलेको अवस्थामा एन्फाको डाडु पन्यू चलाइरहेको अवस्थामा जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरुलाई विदेश भ्रमणलगायतका अरु थुप्रै सुविधा दिइरहेको कारण आफू बलियो रहेको उहाँहरुलाई लागेको छ । जिल्लाको चुनाव गराउँदा धेरै ठाउँमा नयाँ नेतृत्व आउँछ र लिग समेत गराउन नसक्ने यो नेतृत्वलाई भोट हाल्दैन भन्ने लागेर उहाँहरुले पुरानै संरचनामा चुनाव गराउन खोज्नुभएको छ,’ एन्फाका एक केन्द्रिय सदस्यले भने, ’तर यो वैधानिक हुँदैन । त्यसकारण सम्भव छैन ।’

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका उपाध्यक्ष शाहीलाई केन्द्रिय निर्वाचनको तयारीमाथि विश्वास छैन । भन्छन्, 'यो कार्यसमिति बैठकमा केन्द्रिय चुनावको मितिभन्दा पनि जिल्लाको चुनावको मितिका विषयमा छलफल र निर्णय हुन्छ । बैठकका एजेन्डामा पनि निर्वाचन साधारणसभा भनिएकै छैन । एजेन्डामै नभएको विषयमा कसरी निर्णय होला र ?’

कानूनी रुपमा पनि एन्फामा अर्ली इलेक्सन सम्भव नहुने पूर्वअध्यक्ष थापाको दाबी छ । विगतमा आफू अध्यक्ष हुँदा अर्ली इलेक्सन गर्न खोज्दा अदालतले रोकेको प्रशंग कोट्याउँदै उनले फेसबुकमा लेखेका छन्, 'भोली १६ गते हुने एन्फा कार्यसमिति बैठकमा साधारणसभाको एजेन्डा सम्बन्धमा एन्फाको विधानमा ६ महिना पछाडि वा अगाडि गर्ने व्यवस्था छैन । अगाडि गर्ने सम्बन्धमा विगतमा हाम्रो कार्यकालमा एक महिना अगाडि निर्वाचन गर्न खोज्दा पदावदी बाँकी रहेको भनेर गीता राणाले सर्वोच्च अदालतमा मुद्धा हाल्दा पदावदी समाप्त भएपछि मात्र गर्नु भनेर सर्वोच्चको आदेश थियो । सर्वोच्चले गरेको निर्णय भनेको नजिरमात्र नभएर लगभग कानूनै जस्तो हो ।’

फिफाको १० वर्षे प्रतिबन्ध अवधि सकेर केही महिनाअघि फुकुवा भएका पूर्व अध्यक्ष थापाले कार्यसमितिलाई विवादरहित निर्णय गर्न सुझाउँदै अगाडि लेखेका छन्, 'एन्फालाई म सुझाव दिन चाहन्छु, नियमित समयमा नै निर्वाचन गर्नु उपयुक्त हुन्छ । कार्यसमितिले निर्णय त जे पनि गर्न सक्ला, तर विवादरहित निर्णय गर्नुहोला ।’

एन्फाका महासचिव किरण राईले असारमा विश्वकप चलिरहेको हुने र त्यही समयमा निर्वाचन गर्न नसकिने भनेको उल्लेख गर्दै थापाको स्ट्याट्समा लेखिएको छ, 'यस्ता हावादारी कुरा नगर्दा नै बेस होला । के विश्वकपमा नेपाल पनि खेल्दै छ र ? जिल्लाको चुनाव नगरिकन केन्द्रको चुनाव गर्ने निर्णय कदापी स्वीकार गर्न सकिँदैन ।’

जिल्ला संघको चुनाव नगराइकन तत्काल अर्ली इलेक्सन गरेर नेतृत्वले विश्वकपको नाममा अमेरिका भ्रमणको 'ललिपप’ बाँडेर केन्द्रको चुनाव प्रभावित गर्ने असन्तुष्ट पक्षको भय छ ।

केन्द्रिय चुनावलाई प्रभावित गर्नकै लागि पछिल्लो समय अध्यक्ष नेम्वाङकै नेतृत्वमा फिफा फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत प्राप्त बल बाँडन एन्फाको जम्बो टोली ठूलो खर्च गरेर जिल्ला दौडाहामा रहेको उनीहरु बताउँछन् । 'नत्र २५ वटा बल बाँढ्न त्योभन्दा बढि संख्यामा एन्फा पदाधिकारीको टोली लाखौं खर्च गरेर जिल्ला दौडाहा गर्नुको के अर्थ त ?’

यस विषयमा एन्फाका महासचिव राईको प्रतिक्रिया लिन खोज्दा उनले ‘कुनै अमुक व्यक्तिको कुरा’लाई महत्व नदिने बताए । थापाको फेसबुक स्ट्याटसमाथि उनको भनाई थियो, ‘उहाँ प्रश्न उठाइरहनुहुन्छ । अनेक कुरा गरिरहनुहुन्छ । त्यसमाथि कुनै प्रतिक्रिया आवश्यक छैन ।’

अनि अर्ली इलेक्सनको चर्चा के हो त ? भन्ने प्रश्नमा उनले भने, ‘यो सब कुरा भोली बैठकले निर्णय गर्छ । बैठकमा छलफल होला, अनि त्यसले केही निर्णय गर्ला नी । भोली के निर्णय हुन्छ हेरौं न । एजेन्डामा साधारणसभाको विषय छ । साधारणसभा भनेपछि इलेक्सनको कुरा त आइहाल्यो नी ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||