काठमाडौं । विश्व क्रिकेटको महारथी अस्ट्रेलियाले भारत र श्रींलकामा आयोजना हुने ट्वान्टी –२० विश्वकपको लागि टोली घोषणा गरेको छ ।
बुधबार राति क्रिकेट अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्याे । टोलीमा म्याथ्यु शर्ट, म्याथ्यु कुहनेमान र जेभियर बार्टलेटले पहिलोपटक स्थान बनाएका छन् ।
विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदैछ । समूह ’बी’ मा रहेको सन् २०२१ को च्याम्पियनले आयरल्यान्ड, जिम्बाब्वे, श्रीलंका र ओमानसँग खेल्नेछ ।
अस्ट्रेलियाले फेब्रुअरी ११ मा आयरल्यान्डविरुद्ध कोलम्बोमा पहिलो खेल खेल्नेछ । दोस्रो खेल फेब्रुअरी १३ मा जिम्बाब्वे, तेस्रो खेल फेब्रुअरी १६ मा घरेलु टोली श्रीलंकाविरुद्ध र समूहको अन्तिम खेल फेब्रुअरी २० मा ओमानविरुद्ध खेल्ने तालिका छ ।
अस्ट्रेलियन टोलीः
मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कुपर कोनली, प्याट कमिन्स, टिम डेभिड, क्यामरन ग्रीन, नेथन एलिस, जोस हेजलवूड, ट्राभिस हेड, जोस इङ्गिलस, म्याथ्यु कुनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यु शर्ट, मार्कस स्टोइनिस र एडम जाम्पा
